logo
  • २०८२ फाल्गुन २७ | Wed, 11 Mar 2026
  • वर्तमान अवस्थामा राजनीतिप्रतिको आम बुझाय

    वर्तमान अवस्थामा राजनीतिप्रतिको आम बुझाय

    डा.सूर्य प्रसाद यादव
    भाषाविद्
    राजबिराज। केही दिन अगाडी एक जना बुजरूकले राजविराजको शिक्षा लगायतको क्षेत्रमा अपेक्षाकृत विकास हुन नसकेकोले म जस्तो समाजलाई नजिकबाट चिनेको,बुझेको र जानेको युवा नगरपालिकाको नेतृत्वमा आउनु जरूरी छ भन्ने प्रश्नमा उहाँको जवाफ थियो, राजविराजको लागि ‘भारी’ उम्मेदवार चाहिन्छ त्यो तपाई हुनुहुन्न । ?

    ्यो शब्दले केही दिन देखि कताकता मेरो मन मस्तिष्कमा उकुसमुकुस भइरहेको छ। आखिर ‘भारी’ शब्द भनेको के हो त? मैले भाषाविज्ञानको विद्यार्थीको हिसाबले हेर्दा ‘भारी’ शब्द अरू शब्दको तुलनामा बुझ्न अलि जटिल हुन्छ भन्ने हो । यस अर्थमा कित म राजनीति बुझेको छैन या मेरा लागि राजनीति कठिन छ भन्ने नै हो । तर बुझ्दै जाँदा कुरा चाहिं अर्कै रहेछ । यहाँ त पढेलेखेका र जान्ने व्यक्ति भन्दा पनि दारू, मासुभात र पैसाबला पो ठूलो हुदाँ रहेछ ।
    हामी देशको संविधान मान्ने व्यक्ति, यसलाई गलत पनि भन्न मिल्दैन कारण हाम्रो संविधानले पनि राजनीति गर्नलाई पढेलेखेका हुनुपर्छ भन्ने कल्पना गरेको छैन । यो कुरालाई समग्रमा विचार गर्दा हाम्रो देशको राजनीति कता गइरहेको छ बुझ्न खासै कठिन नहोला । जवकि हाम्रै देशमा ‘भारी’ उम्मेदवार नभएर पनि जित पछि काठमाडौंको मेयर बालेन्द्र शाह र धारानको मेयर हर्क साम्पाङ जनताको हितमा भारी उम्मेदवार भन्दा कैयौं गुणा राम्रो काम गरिरहेको छ । यसो भन्दा उहाँरूको फेरी विचित्रको टिप्णि छ, हाम्रो ठाउँको जनता काठमाडौं र धरान जनता जस्तो छैन । म भन्छु पैसा कसलाई चाहिदैन । पैसा काठमाडौं र धरान जनतालाई पनि चाहिन्छ तर उहाँहरू के कुरामा सचेत छ भन्ने अरूको एक दुई छाक मासुभातले केही हुदैन र त्यसैको आडमा गलत नेतृत्व आइ हाल्छ भन्ने चिन्ता उहाँहरूमा देखिन्छन् । अर्थात सहि नेतृत्व आउनु पर्छ भन्ने कुरामा उहाँहरू सचेत छन् । त्यसैले त्यहाँको विकास अहिले गति लिएको छ । यो विषयमा तपाई हामीले विचार किन न गर्ने?

    संगै एकतहप्काका व्यक्तिहरुले तँपाई वा तँपाई जस्तै भिजन भएका समाजका लागि केही गर्न सक्ने बौद्धिक यूवाहरुको राजनीतिमा जरुरी छ। जसले राजनीतिको परिभाषा बदल्न हुटहुटी राख्छ, आउदौं दिनमा राजविराज नगरमा शिक्षा, स्वास्थ्य क्षेत्रमा लकिर तानेर चुनावी एजेन्डा बदल्न परम्परागत नेतृत्वलाई बाध्य बनाउने छ।
    यी दई धारका मतदताहरु बिचमा चुनाव लडनु कतिको अनुकुल हुने समयले नै निर्धारण गर्ने छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार २३, सोमबार ०९:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP