logo
  • २०८२ बैशाख १० | Wed, 23 Apr 2025
  • जसपा सखुवान्नकारकटी गाउँपालिका अध्यक्षमा : युवा नेता नागेन्द्र कुमार

    जसपा सखुवान्नकारकटी गाउँपालिका अध्यक्षमा : युवा नेता नागेन्द्र कुमार

    लोकेन्द्र प्रसाद यादव
    लहान। जनता समाजवादी पार्टी नेपाल सखुवान्नकारकट्टी गाउँपालिकाको गाउँ अधिवेशनले नागेन्द्र कुमार यादवलाई अध्यक्षमा चयन गर्दै ३७ सदस्यी नयाँ कार्यसमिति गठन भएको छ।
    सते लाल यादवको अध्यक्षतामा बुधबार आयोजित गाउँअधिवनेशनले उपाध्यक्षद्धवयमा यदुनन्दन यादव, प्रमोद कुमार यादव,सचिव राम कुमार मण्डल,उपसचिवद्धवय अजय कुमार दास, राम नारायण यादव र कोषाध्यक्ष सिला देवी राम रहेको मतदान अधिकृत भोगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो।
    जसपा नेपालका केन्द्रीय कार्यकारणी समिति सदस्य तथा मधेश प्रदेश सभा सदस्य राजु गुप्ता उपस्थितिमा नयाँ कार्य समिति गठन भएको हो। सो कार्यक्रममा जसपा नेपालका युवा नेता दिपेश कुमार यादवको समेत उपस्थिति रहेको थियो।

    मधेश आन्दोलनको समयमा लहनमा सक्रिय भूमिका निर्वाह गरेका युवा नेता नागेन्द्र कुमार यादव जसपा नेपाल सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्षमा चयन भएपछि स्थानिय पार्टीका कार्यकर्ताले संगठन विस्तारमा गती लिने विश्वास लिएको छ।
    यस अघि यादव जसपा नेपालको गाउँ कमिटी उपाध्यक्ष तथा समाजवादी युवा संघको मधेश प्रदेश कमिटी सदस्य रही जिम्मेवारी सम्महाली सकेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र २०, बुधबार २३:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP