logo
  • २०८२ जेष्ठ ६ | Tue, 20 May 2025
  • एमपीएल : तेस्रो दिनको खेलमा जनकपुर सनराइजर्स र मिथिला वारिर्यस विजयी

    एमपीएल : तेस्रो दिनको खेलमा जनकपुर सनराइजर्स र मिथिला वारिर्यस विजयी

    उमेश कुमार साह
    राजबिराज । सप्तरीको सदरमुकाम राजबिराजमा सञ्चालित मधेश प्रिमियर लिग (एमपीएल)को तेश्रो सिजन को तेस्रो दिनको खेलमा जनकपुर सनराइजर्स र मिथिला वारिर्यस बिजयी भएको छ ।

    विहीबार जनकपुर सनराइजर्स र छिन्नमस्ता रुपनी मधेश राइडर्स बिच भएको पहिलो खेलमा छिन्नमस्ता रुपनी मधेश राइडर्स लाई २ बिकेटले पराजित गर्दै जनकपुर सनराइजर्स बिजयी भएको हो ।

    मधेश प्रिमियर लिग प्रालिको आयोजना तथा मधेश प्रदेश सरकारको सहयोगमा सञ्चालित आज तेस्रो दिनको खेलमा छिन्नमस्ता रुपनी मधेश राइडर्सले जनकपुर सनराईज लाई ११४ रनको टार्गेट दिएको थिए ।

    पविमाविको खेल मैदानमा तेस्रो दिनको प्रथम चरणको खेलमा छिन्नमस्ता रुपनी मधेश राइडर्सले दिएको ११४रनको लक्ष्य जनकपुर सनराईजले १५.३ ओभरमा ८ बिकेट गुमाई २ विकेटले जित हात पारेको छ।

    जसमा विशाल कुमार पटेलले सर्वाधिक ३२ रन बनाएका थिए भने अखिल श्रवनले २४ रन, आदिल खानले १३ रन , विशाल सुस्लिङ र मयन यादवले १२/१२ रन जोडेको थिए ।

    बलिंग तर्फ मधेश राइडर्सका दिवान पुन, दिनेश अधिकारी र अभिसेक कार्किले २, र हेमन्त धमीले १ बिकेट लिएका थिए ।

    त्यसैगरी दोस्रो खेलमा मिथिला वारिर्यसले काठमाडौँ रोयल्सललाई १४ रनले पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।

    मिथिला वारिर्यस दिएको १५९ रनको लक्ष्य पछयाउने क्रममा काठमाडौँ रोयल्सलले २० ओभरमा ९ बिकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सकेका थिए । जसमा अर्जुन साउद ३३, अमित श्रेष्ठ र रूपेश कुमार सिह २४/२४ र केशव साउदले १४ रन बाहेक कुने पनि ब्याटसम्यानले दोहरो अकं जोरन सकेनन् ।

    बलिंग तर्फ वारिर्यसका दिपेन्द्र सिह ऐरीले ४ र नन्दन यादव, बसन्त रेग्मीे, बसिर अहमद र कुशल भुर्तेलले १/१ बिकेट लिएका थिए ।

    भोलिको पहिलो खेल कोशी दुहबी क्यापिटल र सप्तरी बलान बिहुल सुपर किंग तथा दोस्रो खेल जनकपुर सनराइजर्स र मिथिला वारिर्यस बिच हुने आयोजकले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ बैशाख ४, बिहीबार २१:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP