logo
  • २०८२ कार्तिक २७ | Thu, 13 Nov 2025
  • आज नेपाली महिला फुटबल टोली भारतसंग मैत्रीपूर्ण फुटबल खेल्दै

    आज नेपाली महिला फुटबल टोली भारतसंग मैत्रीपूर्ण फुटबल खेल्दै

    काठमाडौं । भारतमा भइरहेको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग दोस्रो खेल खेल्दैछ ।

    खेल शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । नेपाल, भारत र इरान सहभागि रहेको प्रतियोगितामा इरानले भारत र नेपाललाई हराएर उपाधि भने जितिसकेको छ ।
    त्यसैले आजको खेल प्रतिष्ठाको लडाईँका लागि महत्वपूर्ण हुनेछ । दुई छिमेकी प्रतिद्वन्दी नेपाल र भारत अन्तिम खेल जित्दै सुखद रुपमा यो प्रतियोगिता सकाउन चाहन्छन् ।

    नेपाली टिमका मुख्य प्रशिक्षक नविन न्यौपाने र कप्तान सावित्रा भण्डारि साम्बाले भारत विरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।
    प्रशिक्षक न्यौपानेले लामो यात्राले गर्दा पहिलो खेलमा असर परेको र दोस्रो खेलका लागि तयार भएको बताएका छन् । ‘पहिलो खेलमा लामो यात्राले गर्दा असर देखियो । अहिले हामी अभ्यस्त भइसकेका छौँ,’ न्यौपानेले भनेका छन्, ‘भारत राम्रो प्रतिद्वन्दी हो र हामी हरेक सेकेण्ड फोकस गरेर खेल्छौँ । हाम्रो लक्ष्य भारत विरुद्ध जित निकालेर समर्थकसहित सबैलाई सकारात्मक सन्देश दिन चाहन्छौँ ।’

    यस्तै कप्ता सावित्राले पहिलो खेलमा इरान विरुद्ध दोस्रो हाफमा १० मिनेट मिसब्यालेन्स हुँदा गोल खान पुगेको र त्यो गल्तीलाई सुधार गर्दै भारत विरुद्ध खेल्ने बताइन् । ‘अस्तीको म्याचको गल्तीहरुलाई कम गरेर भारत विरुद्ध खेल्नेछौँ । यो साउथ एसियन फुटबलको प्रतिष्ठाको लडाईँ हो र हामी त्यसका लागि तयार छौँ र जित्नकै लागि खेल्छौँ ।’ उनले भनिन् । ‘भारत एसियन कपका लागि छनोट भएकोले उच्च मनोबल छ । घरेलु मैदान र दर्शकको साथ छ र टिम पनि राम्रो छ ।’

    यसअघि नेपालले सन् २०१९ मा भारतलाई भारतकै भूमिमा पराजित गरेको थियो । फेरि एक पटक भारतलाई उसैको भूमिमा हराउने अवसर नेपाल सामु आएको छ ।

    यस्तै शिलोङमा नेपालले भारतसँग तेस्रो पटक खेल्दैछ । यसअघि सन् २०१६ मा भएको साउथ एसियन गेम्सको लिग चरणमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । तर फाइनलमा नेपाल भारतसँगै ४–० ले पराजित भएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ कार्तिक १०, सोमबार ११:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP