logo
  • २०८२ बैशाख ११ | Thu, 24 Apr 2025
  • हुलाकी सडक खण्डमा सर्पदंश उपचार केन्द्र स्थापना

    हुलाकी सडक खण्डमा सर्पदंश उपचार केन्द्र स्थापना

    सिरहा। सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।
    नवराजपुर गाउँपालिका–४ स्थित रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमको बीच उद्घाटन गाउँपालिका अध्यक्ष शिव उदगार यादवले गर्नु भएको छ।
    हुलाकी सडक खण्ड छेउका स्थानीयले समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट वर्षेनी अकालमै ज्यान गुमाउँदै आउनु परेको पिडादाय अवस्थालाई न्युनिकरण गर्न सर्पदंश उपचार केन्द्र स्थापना भएको नवराजपुरका स्वास्थ्य संयोजक संजिव कुमार यादवले बताउनु भयो।
    नेपाली सेनाको प्राविधिक सहयोगबाट तालिम प्राप्त डाक्टर जितेन्द्र यादवको टिमले उपचार गर्ने र गाउँपालिकाको व्यवस्थापनमा उक्त सर्प दंश केन्द्र सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। सर्प दंश केन्द्र सञ्चालनका लागि रु. १५ लाख श्रोत व्यवस्थापन गरेको र आवश्यकता अनुसार थप्दै जाने गाउँपालिकोको भनाई छ।
    यो सर्प दंश उपचार केन्द्र स्थापना भएसँगै सर्पले डसेका बिरामीलाई उपचारका लागि चोहर्वा र वा लाहन लैजानु पर्ने अवस्थाको अन्त्य हुने गाउँपालिका अध्यक्ष शिव उदगार यादवले बताए ।
    उपचारका लागि चाहिने स्नेक एन्टी भेनम र अन्य आवश्यक सामग्रीको सबै व्यवस्थापन गरि सर्पदंश उपचार केन्द्र सञ्चालन ल्याएको नवराजपुर गाउँपालिकाले जनाएको छ।
    सर्पदंश उपचार केन्द्र सञ्चालन आएसंगै नवराजपुर गाउँपालिकासंगै जिल्लका भगवानपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका र औरही गाउँपालिकाको स्थानीयका लागि छुटी दुरी भई तत्तकाले सेवा लिन यहाँका स्थानीयलाई सहजता हुने बताएको छ।
    सर्पदंश उपचार केन्द्र स्थापनाका लागि स्थानीय रामऔतार यादवले जग्गा दान गरेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन १५, बिहीबार १४:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP