मनोज माझी
राजबिराज।
अन्य कतिपय क्षेत्रमा अनियमितता र भ्रष्टाचारका घटना सार्वजनिक भइरहेका बेला यो ‘रोग’ र प्रवृती स्वास्थ्य क्षेत्रमा समेत सरेको पाइएको छ । सरकारले स्वास्थ्य बीमामार्फत बिमित बिरामीलाई दिने निःशुल्क औषधी र उपचार सेवामा अनियमितता देखिएको हो ।
स्वास्थ्य संस्थाले विभिन्न बहाना र लाचारी देखाउन थालेपछी बिरामी र उनका आफन्त ठगिन थालेका छन् । विपन्नलाई उपचारमा राहत पुर्याउने उद्देश्यले सरकारले सर्वसाधारणसँग केही न्यून रकम लिएर स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ । विशेष गरि कम आय स्रोत भएका तथा बिपन्न समुदायका व्यक्तिले सरकारले तोकेको रकम तिरेर स्वास्थ्य विमा गराएका छन् । तर, यसको लाभ लिने बेला बिभिन्न बहाना देखाउँदै अस्पतालले सेवा सुविधा नदिँदा बिरामीहरु ठगिन थालेका छन् । जसको पछिल्लो उदाहरण बनेको छ, सरकारको मातहतमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालको ‘औषधी बिक्रि केन्द्र’ ।
अस्पताल परिसरमै रहेको केन्द्रमा कहिल्यै उक्त लेखिएको चिकित्सकद्वारा अनुसारको औषधी नपाइने बिरामी र उनका आफन्तले गुनासो गरेका छन् ।
शुक्रबार सोअस्पतालका डा. आदर्श सिंहसँग जँचाएपछि औषधी लिन उक्त केन्द्रमा जाँदा पूर्जामा लेखिएको ९ मध्ये ३ वटा औषधी मात्र पाइएको राजविराज–४ का बिक्रान्त परियारले गुनासो पोखे । ‘सस्तोमा पाइने ३ वटा औषधी मात्र दिइयो,’ उनले भने, ‘बाँकी ६ वटा औषधी सकेको । बजारमै किन्नु भनेर फर्काइदिए
राजगढ गाउँपालिका-६ बाट ७ वर्षीय छोरा अशोकलाई जचाउन आएकी सुलोचना मण्डलले सोही अस्पतालमा डा. कालिप्रसाद यादवसँग स्वास्थ्य परिक्षण पश्चात् उनले लेखिदिएको पूर्जा लिएर उक्त केन्द्रमा जाँदा ७ मध्ये २ वटा औषधी मान पाइएको गुनासो गरिन् । उनले समस्या पर्दा सस्तोमा उपचार सेवा र औषधी पाइने आशमा पूरै परिवारको ३ हजार ५ सय रुपैयाँ तिरेर स्वास्थ्य बीमा गराएको भएपनि अहिले समस्या पर्दा बीमाको समुचित लाभ पाउन नसकि ठगिएको महसुस भएको बताइन् । मण्डल र परियार मात्र होइन् ।
उक्त औषधी केन्द्रमा पुग्ने जो कोही बिरामी र उनका आफन्तको यस्तै गुनासो छ । सरकारले स्वास्थ्य बीमा गराएका विमितका लागि एकातिर न्यून मात्रामा औषधी पठाउने अर्कोतिर उपलब्ध
औषधीमा पनि औषधी केन्द्रमा खटिएका कर्मचारीले गडबडी गर्ने गरेको स्थानीयको आरोप छ । समस्या यति मात्र होइन् । आवश्यक जनशक्तिको अभावमा अस्पतालमा रहेको एचडियु सेवा विगत चार महिनादेखी बन्द छ । अस्पताल आउने बिरामी सो जाँचका लागि चर्को शुल्क तिरेर बाहिर प्रइभेट क्लिनिकमा जान बाध्य छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्ट डा. प्रकाश साहले औषधी र जनशक्तिको अभाव बारे आफूले सम्बन्धीत विभागमा जानकारी गराई समाधानका लागि पहल गरिरहेको बताएका छन् ।
प्रतिक्रिया