logo
  • २०८२ जेष्ठ ६ | Tue, 20 May 2025
  • बोदे बर्साईनका नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा शर्मा हाजिर 

    बोदे बर्साईनका नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा शर्मा हाजिर 

    बोदे बरसाईन। सप्तरीको बोदे बर्साईन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा उप सचिव गजेन्द्रनाथ शर्मा हाजिर भएका छन्। जिल्ला समन्वय समिति उदयपुरबाट सरुवा भई आएका शर्मालाई बुधबार हाजिर भएका हुन्।

    प्रमुख प्रशासकीय अधिकृत शर्मालाई नगर उपप्रमुख रेणु कुमारी साह लगायतका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुले स्वागत गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत शर्माले नगरपालिकामा शुसान कायम गरि जिल्लाको नमुना नगरपालिका बनाउने बताउँदै जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता अधिकृत शर्माले गरेका छन्। ‘‘ नगरपालिकामा रहेका सरोकारवालाहरुसंग समन्वय गरेर नगरबासीको साझा विकासको लक्ष्यलाई सकार पार्ने समेत बताए।”

    यसअघि नौ महिना कुशलतापूर्वक शर्माले बोदे बरसाईनमा कार्यभार सम्हालि अन्यन्त्र सरुवा भएको थियो। पुनह बोदे सरुवा भई आएका शर्माले कर्मचारीमा अनुशासन कायम गराउदैँ विकासीय गतिविधिलाई अगाडी बढाउने स्थानीय सरोकारवाले विश्वास लिएको छ।

    यस अघि प्रमुख प्रशासकीय अधिकृत बिष्णु कुमार यादवको सरुवा भएपछि प्रमुख प्रशासकीय अधिकृत रुपमा गजेन्द्र नाथ शर्मा पदभार ग्रहण गरेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र २७, बुधबार २१:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP