शक्तिका सागरमा सत्यको सारथी
तोमनाथ उप्रेती
शक्ति सागरमा स्वार्थको सूनामी छ,
जहाँ जनताको जिब्रो जकडिएको छ,
हावा नबग्दा होडबाजीको हुरी चलेको छ,
सत्यको सन्देश सुमसुमाउँदै सुस्केरिएको छ।
कुरुकुरु कर्तव्यको कलश खाली छ,
नेता नाटक गर्न नङ चिप्लिएका,
वाचा वचनहरू वनभोज जस्तो,
समयसँग सड्नुलाई मात्र छन् परिमार्जित।
लोकसेवा लडिरहेको छ, लुट्ने लोभी लहरमा,
नैतिकता नाचिरहेको छ नृत्य नाटकमा,
अहंकार अनि आकाङ्क्षाका अण्डा फुट्दै,
सिंहासनमा साटो सिँगारिएका साँप घुम्दै।
सिंहासनको सिंह सुनसान,
सत्यको सूर्यमुखी सद्गुण सूनसान,
कर्मका काव्यकार कागजमा केबल कथा,
आत्मज्ञानको आँखा आँधीले अन्धो बनायो।
सत्ता सत्ता होइन, सेवा सागर हो,
तर हामीले झैं गरेको छ झुठको जालो,
नेताका नानीहरू नौलो नाटकमा,
प्रजा प्रेम होइन, पदप्रेमको भजन।
छलछाम छ बगैँचामा, फुलहरूको झुट्टा,
अभिमानको आँधीले उडायो बुट्टा,
नैतिकता नाम मात्रै, नृत्य नाँचिन्छ,
सत्यलाई सल्केर, सिङ्गो समाज सासिन्छ।
गजब गजब गालीहरू गर्जिन्छन् गल्लीमा,
जनताको जिब्रो मिचिन्छन् जल्लीमा,
फूलभन्दा फुस्का कुरा फुल्दै फुरुङ्गिए,
शासनको साँच्चिकै स्वरूप सुल्झाउन सकेनौं।
कतै कतै कानुनी कवचको कटु कथा छ,
तर क्रियामा किराको कपाल पनि छैन,
सत्ता शासकलाई स्वर्ग होइन स्वधर्म,
कतै कतै कर्तव्यको काखमा कसैले छेउ छोयो।
स्वार्थको सिन्दूरले सेताम्मे गरिएको छ,
संसद सिङ्गो सिमेन्टमा सुतिरहेको छ,
परलोक पर्खने परीयाले पद पग्लाए,
परम्पराको पर्खालमा पसिना पसिरहे।
आत्म–ज्ञानको अमृतमा आमन्त्रण छैन,
सत्यको सूर्यमा सापेक्षता छाइरहे,
शासनको शान्ति सपना होइन सच्चाई हो,
जहाँ नैतिकता नृत्य गर्छ नृत्यांगनाको जस्तै।
सपना होइन, सत्यको सन्देश लिएर आउ,
सिंहासनको सिँगार झिकेर सजाउ,
नेताले नङ खोस्नुपर्छ नङीझैं स्वार्थ,
सर्वसाधारणको सन्तुष्टि नै शक्ति हो।
लोकसेवाको लहरमा लहर देखाउनु छ,
कर्तव्यको कवचलाई कर्मले चम्काउनु छ,
सत्यका सितारा झिलिमिली गराउनु छ,
साँझको अँध्यारोमा आशाको बिहान ल्याउनु छ।
सत्ता स्वर्ग होइन, सगरमाथा हो,
जहाँ चढ्नै पर्छ चरित्रको चरम शिखर,
नेता नैतिकताको नन्दनवन बन्नु पर्छ,
जनताले भेटुन् न्यायको उज्यालो झर।
शासनको शिलालेख सत्यमा लेखिनुपर्छ,
कर्मको कुवाँरीले कसमसँग बोल्नुपर्छ,
नैतिकताको नदि बगाउन पर्छ निरन्तर,
अहंकारलाई आँधीले साफ पार्नुपर्छ।
आज होइन भोलि होइन, आजै हो, यही बेला,
शक्ति सेवा बन्नुपर्छ, शक्ति स्वार्थ होइन,
शासनको शपथ सत्य र न्यायको हो,
यसैबाट मुलुकको माया बढ्नुपर्छ।
प्रतिक्रिया