logo
  • २०८२ मंसिर २२ | Mon, 08 Dec 2025
  • बोदेबर्साईनको रजपट्टीमा अज्ञात समुहको गोली प्रहारबाट एक जेष्ठ नागरिकको मृत्यु

    बोदेबर्साईनको रजपट्टीमा अज्ञात समुहको गोली प्रहारबाट एक जेष्ठ नागरिकको मृत्यु

    बोदेबरसाईन। सप्तरीको बोदेबरसाईन नगरपालिका–८ रजपट्टीमा अज्ञात समूहको गोली प्रहारबाट एक जेष्ठ नागरिकको मृत्यु भएको छ। स्थानीय ७२ वर्षीय रामदुलार साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

    स्थानीय कबिर बाबा मन्दिरका पुजारी समेत रहेका साह मन्दिर नजिकै रहेको कुटीअगाडि बाटोमा पिसाब गरिरहेको अवस्थामा पछाडिबाट अन्दाजी राति १:३० बजे गोली प्रहार गरिएको थियो।

    बोदेबरसाईन नगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष बैजनाथ चौधरीका अनुसार मृतक साहलाई दुई राउन्ड गोली लागेको जानकारी दिए। घटना स्थलमा १ जोर चप्पल फेला परेपनि हत्याराको भने पहिचान नभएको उनले बताए ।

    मृतक साहको दुई छोरा रहेको छन्। जेठो छोरा पृथ्वी नारायण साह गाउँमै कृषिकर्ममा संलग्न रहेको छ। भने कान्छो छोरा सूर्य नारायण साह भारतमा मजदुरी गरिरहेको छ।

    घटना स्थल व्यापक प्रहरी परिचालन गरि स्थानीयसंग घटनाबारे सोधपुछ भई रहेको संगै घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी डम्बर बहादुर पुरी नेतृत्वको प्रहरी टोली खटीथप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ कार्तिक २, आईतवार ०९:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP