हाइकुहरू
तोमनाथ उप्रेती
१.
मनको रणभूमि
अहंकारको पतन
चेतनाको जीत।
२.
सपना धुलिन्छ
भित्री प्रकाश जागे
जीवन फुल्छ।
३.
क्रोधको ज्वाला
ध्यानले निभाउँछ
शान्ति जन्मिन्छ।
४.
म को हुँ प्रश्न
अन्तरमा गुन्जिँदा
आत्मा बोल्छ।
५.
लोभका साङ्ला
सत्कर्मले टुट्छन्
मानव उड्छ।
६.
शून्यको यात्रा
आत्मबोधको दीप
अँध्यारो हरायो।
७.
द्वेषको हिमाल
करुणाले पग्लियो
मन हरियो।
८.
नैतिकता बाँच्यो
अध्यात्मको स्पर्शले
समाज उज्यालो।
९.
भित्री क्रान्ति
शब्द होइन कर्म
मानव बदलियो।
प्रतिक्रिया