logo
  • २०८२ फाल्गुन २६ | Tue, 10 Mar 2026
  • कैलाली कारागार झडप अपडेट : एकको मृत्यु, एक गम्भीर, ४७ घाइते

    कैलाली कारागार झडप अपडेट : एकको मृत्यु, एक गम्भीर, ४७ घाइते

    कैलाली। जिल्ला कारागार कैलालीमा भएको कुटपिटमा घाइतेमध्ये एक जनाको आइसीयूमा राखेर उपचार भइरहेको छ।
    कुटपिटमा गम्भीर घाइते रबी चौधरीको आइसीयूमा राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। अर्का गम्भीर घाइते जगदीस रानालाई अपरेशन थिएटरमा राखिएको छ।

    कारागारमा कैदीबन्दीबीच हिजो राति झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। झडपमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते चौधरीको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएपछि मृत्यु भएको हो।

    प्रहरीका अनुसार मृतक चौधरी लागूऔषध मुद्दाका कैदीबन्दी हुन्। उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

    घाइतेको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले बिरामीका आफन्त र सर्वसाधारणलाई अस्पतालभित्र जान कडाइ गरेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच झडप भएको हो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण २४, शनिबार ११:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP