logo
  • २०८३ श्रावण १२ | Tue, 28 Jul 2026
  • हुलाकी सडक केन्द्रीत फागुन १२ देखि तराई मधेस जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय

    हुलाकी सडक केन्द्रीत फागुन १२ देखि तराई मधेस जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय

    काठमाडौँ। नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि तराई मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ । जनतासँग माओवादी अभियान कार्यक्रमअनुसार सो कार्यक्रम गर्ने तय भएको माओवादीले जनाएको छ ।

    पार्टी केन्द्रीय समितिको निर्णयअनुसार हालै बसेको कार्यालय बैठकले मिति तय गरेको र सो अभियान हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित भएर गरिने माओवादीका एक पदाधिकारीले बताए ।

    यसको ठोस कार्यक्रमिक स्वरुप सम्बन्धित प्रदेश कार्यालयहरूसँगको परामर्शका आधारमा तय गरिने ती नेताको भनाइ छ । यस्तै फागुन महिनामा शैक्षिक संस्था केन्द्रित युवा विद्यार्थीसँग माओवादी अभियान समेत सञ्चालन गरिने तय भएको छ । यससम्बन्धी ठोस कार्यक्रम पनि सम्बन्धित प्रदेश कार्यालयहरूले तय गरी कार्यान्वयन गर्ने माओवादीको भनाइ छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ माघ २७, आईतवार २०:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP