सिरहा। सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित भई रहेको छ । संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयले देशभर रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुको जिम्मेवारी खोसेपछि सिरहा नगरपालिकामा कार्यरत निमित्त प्रशासकीय अधिकृत पनि जिम्मेवारी खोसिएपछि पाललिकाको नियमित्त सेवा अवरुद्ध भएको हो।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघ ९ गतेदेखि आर्थिक तथा प्रशाासनिक जिम्मेवारी संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालय रद्द गरिदेखि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो ।
सिरहा नगरपालिकाको तर्जुमा गरेको चालू आर्थिक वार्षको योजना सञ्चालनमा पनि अवरोध पुगेको छ । केही योजनाको सम्झौता हुँन बाँकी छन् । सम्पन्न भएका योजना सम्झौता हुँन बाँकी र सम्पन्न भएको योजनाको भुक्तानी हुन नसक्दा सेवाग्राहीलाइ समस्या झेल्नु परेका छन्। भने जेष्ठ नागरिक,एकल महिला,पँच वर्ष मुनीका बालबालिकाले सामाजिक सुरभत्ता र बालपोषणको रकम पाउनबाट र कर्मचारी तलबबाट बञ्चित भईरहेका छन् ।
यता सिरहा नगरपालिकामा कार्यरत कर्मचारीहरुले गत चैत्र २९ गते जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त पदमा सिघ्र पदस्थापनाको मांग गर्दै ज्ञापनपत्र बुझाएको हो।
प्रतिक्रिया