logo
  • २०८२ फाल्गुन ४ | Mon, 16 Feb 2026
  • मधेश प्रदेशका मुख्यमन्त्रीलाई बुझाइयो ध्यानाकर्षणपत्र, महाकवि विद्यापतिसंग जोडिएको क्षेत्रलाई संरक्षण गर्न माग

    मधेश प्रदेशका मुख्यमन्त्रीलाई बुझाइयो ध्यानाकर्षणपत्र, महाकवि विद्यापतिसंग जोडिएको क्षेत्रलाई संरक्षण गर्न माग

    जनकपुरधाम। विद्यापति पुरस्कार कोष समितिद्धारा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई चार बुँदे ध्यानाकर्षणपत्र बुझाइएको हो। मैथिली भाषाका महाकवि विद्यापति संग जोडिएको प्रवास स्थल मैथिली भाषा, साहित्य र इतिहास संरक्षण गर्न र अनुसन्धान गरी थप उजागर गर्न मुख्यमन्त्री संग माग गरेका हुन्।
    विद्यापति पुरस्कार कोष जनकपुरधामका सदस्य सचिव धुव्र कुमार मण्डलले बुझाइएको ध्यान आकर्षणपत्र भनिएको छ, सप्तरी खडक नगरपालिका वडा नम्बर—११ बनौली गाउँमा १५ कठा जति जग्गामा भिड अर्थात ( भिडिया) जस्तो रहेको त्यहाँ इनार, पुराना इटहरू, पुरानो राजपोखरी रहेको छ, त्यसको अनुगमन, अनुसन्धान गर्न मांग गरेकाछन्।
    यस्तै मैथिली भाषाका महाकवि विद्यापति १२ वर्ष प्रवासमा बस्दा उहाँले मिथिलाको विभिन्न जिल्लामा प्रयोग गर्नुभएको मार्गलाई मधेश प्रदेशको गौरबमय योजनाको रूपमा राख्न भनेकोछ । भने खडक नगरपालिका वडा नम्बर—११ बनौलीमा विद्यापति चोकमा सालिक निर्माण पाउँ उल्लेख रहेकोछ। भने नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय द्वारा स्थापित नेपाल विद्यापति पुरस्कार कोष रकम मैथिली क्षेत्रका अन्य विद्याका काम गर्न रकम अपुग रहेकोले अक्षय कोष रकम बढाई दिन मधेश प्रदेश सरकारसंग मांग गरेका हुन्।

    मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई चार बुँदे ध्यानाकर्षणपत्र बुझाउदैँ विद्यापति पुरस्कार कोष समितिका सदस्य सचिव धुव्र कुमार मण्डल र मधेश प्रदेश सभा सदस्य माला कर्ण।तस्बिरःभ्वाइस खबर

    मधेश प्रदेश सभा सदस्य माला कर्णले भने नेपालकै दोश्रो ठुलो भाषिक समूह मधेश प्रदेशका मुख्य बोलिने भाषा समेत रहेकाले मैथिली भाषाका महाकवि विद्यापति संग जोडिएको स्थानलाइ संरक्षण गर्न प्रदेश सरकारको दायित्व हुन आउँछ। उहाँले भने प्रदेशको धार्मिक पर्यटक बढाउन दृष्टिकोणले पनि महत्वपूर्ण हुने बताए।
    ध्यान आकर्षण पत्रमा उल्लेख रहेको छ। उपरोक्त विषयमा इतिहास विद प्रो. डा. हरिकान्तलाल दास र मैथिलीका प्रकाण्ड विद्वानहरू डा रामाकात झा, डा. रामानाथ झा र जयकान्त मिश्रका अनुसार सप्तरीको राजगढ बनौलीलाई नै विद्यापतिको प्रवास स्थलको रूपमा स्वीकार गरेका छन् ।
    सप्तरीको बनौलीलाई पुरादित्य राजाको गढ मानेका छन् । स्व. सुन्दर झाले पनि पुरादित्य राजाको राजधानी सप्तरी बनौलीलाई मानेका छन् । र त्यहाँ १२ वर्षको प्रवासमा बस्दा महाकवी विद्यापतीले राजा पुरादित्यको आदेश अनुसार लिखनावली नामको गर्न्य लेखेको कुरा डा. इन्द्रकान्त झाले लेख्नुभएको विद्यापतीकृत लिखनावलीमा समेत उल्लेख रहेको छ । मुगल आक्रमण पछि राजा शिवसिंहको पत्नी लखिमालाई प्रवास हुनु भएको मैथिली भाषाका महाकवी विद्यापति सप्तरीमा वसेको विभिन्न इतिहासवाट प्रमाणित भएतापनि महोत्तरीको बनौली, सिरहा बनौली भन्ने पनि कतिको तर्क छ । यी तथ्यहरुलाई सम्मान गर्दै यस विषयमा थप अनुसन्धान गरी महाकवि विद्यापति संग जोडिएका इतिहासलाई संरक्षणका लागि मधेश प्रदेश सरकारलाई ध्यान आकर्षणपत्र बुझाइएको सदस्य सचिव मण्डले बताउनुभयो।
    विद्यापति पुरस्कार कोष जनकपुरधाम (वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् परिसर)अन्तर्गत विसं.२०६८ सालमा नेपाल सरकारको स्वामित्वमा स्थापना भएको संस्था हो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन १, बिहीबार २३:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP