logo
  • २०८२ फाल्गुन ४ | Mon, 16 Feb 2026
  • बोदेबरसाईनमा मैथिली भाषाको “हमर बोदेबरसाई” पाठ्यपुस्तक हस्तान्तरण

    बोदेबरसाईनमा मैथिली भाषाको “हमर बोदेबरसाई” पाठ्यपुस्तक हस्तान्तरण

    बोदेबरसाईन। सप्तरीको बोदेबरसाईन नगरपालिकालाई मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी बिहीबार प्याट्रियट एजुकेसन फाउण्डेशन प्रा. लि. ललितपुरले नगरप्रमुख आतेश कुमार सिंहललाई हस्तान्तरण गरेका छन्। सो हस्तान्तरण कार्यक्रम नगर उपप्रमुख रेणु साह, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र नाथ शर्मा लगायतको उपस्थिति रहेको थियो। कार्यपुस्तिका निर्माण भएर हस्तान्तरण भएसंगै नगरपालिकाले लागु गर्ने भएको छ।

    नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको स्थानीय भाषा माैलिक हकको रूपमा स्थापित तथा राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रको स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ बमोजिम कक्षा २ देखि कक्षा ५ सम्म पठनपाठन हुने कार्यपुस्तिका “हमर बोदेबरसाईन” (हाम्रो बोदेबरसाईन) नगरपालिकाले चालु शैक्षिक सत्रदेखि सामुदायिक विद्यायलमा पठनपाठन गराउन सुरु गरेको हो। यसअघिकै शैक्षिकसत्रमा कक्षा १ को कार्यपुस्तिका लागु भई सकेको छ।

    स्थानीय मैथिली भाषा,सम्पदा तथा प्रविधिकको अवधारणागत सिकाइ विकासको लागि नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गराएको नगरप्रमुख आतेश कुमार सिंहको भनाईछ । नगरप्रमुख सिंहले बाल मनोबैज्ञानिकमा आधारित विषयवस्तु तथा चित्रकको संयोजन संगै संस्कृति,परम्परा, पावैन समावेश तथा तिरहुत लिपिको आधारभूत भाषिक ज्ञान समेत समावेश भएको जानकारी दिए।

    संविधान अनुसार मौलिक भाषा, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नुपर्ने दायित्व स्थानीय तहको भएकाले सोहीअनुरुप काम नगरपालिकाले गरि रहेको नगर शिक्षा अधिकृत राम सागर यादवले बताए । उनलेे भने कक्षा १ देखि ८ सम्मको लागि स्थानीय पाठ्यक्रम तैयार भएपनि पढाउने कार्यपुस्तिका कक्षा ५ सम्मको मात्रै तैयार गरिएको हो । आगामी शैक्षिकसत्र २०८३ मा कक्षा ६ मा पनि मातृभाषामा पठनपाठन गराउने योजना अनुरुप पाठ्यपुस्तक छपाइको तयारी लागेको नगर शिक्षा अधिकृत यादवले बताए ।

    पाठ्यपुस्तकमा बोदेबरसाईनको भूगोल, संस्कृति, परम्परा, जनजीवन, प्रकृतिक सम्पदा, पर्यटन, कृषि, पशुपालन, स्थानीय घरेलु प्रविधिलगायत विषयवस्तु समावेश गरिएका” हमर बोदेबरसाईन” कार्यपुस्तिका लेखक इन्टेलेक्चुअल फाउन्डेशन नेपाल राजबिराजका अध्यक्ष डा.सूर्य प्रसाद यादवले जानकारी दिए । पछिल्लो समय बालबालिकालाई सहरबजार लगेर पढाउने प्रचलन बढेपछि स्थानीय भाषा र संस्कृति सङ्कटमा पर्नसक्ने भएकाले त्यसको संरक्षणका लागि माटो सुहाउँदो पाठ्यपुस्तक बनाएर विद्यालयमा पढाउन थालिएको उनको भनाइ छ ।

    नेपालको संविधानको मौलिक हकअनुसार मातृ भाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था छ। सोहीअनुरूप नगरभित्र रहेका ३० वटै सामुदायिक विद्यालयमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार आधारभूत तहमका कक्षा ५ सम्म मातृ भाषामा स्थानीय विषयको पाठयपुस्तक लागू भएको गरपालिकाका शिक्षा शाखाले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ ९, शुक्रबार १०:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP