logo
  • २०८३ बैशाख ३ | Thu, 16 Apr 2026
  • कविता: सहरको शृङ्गार

    कविता: सहरको शृङ्गार

    कविता: सहरको शृङ्गार

    तोमनाथ उप्रेती

    शहर सिंगार्ने बेला आयो,
    फुलझैँ झरे हरियाली,
    अब फोहोरले गर्छ श्रृंगार—
    यो नयाँ सभ्यताको चाल, हे! प्याली!

    गुँड खोज्दै चराहरू
    अब जागीर खोज्छन् धुलोको शहरमा,
    जहाँ रूखलाई कोरिएको सपना मानिन्छ,
    अनि कंक्रीटका थुप्रा—”हरियाली योजना” भन्छ विज्ञहरू।

    ढल बग्दछ कविता बनेर—
    “विकास बगिरहेको छ”,
    आँखा थुनेको डाइरेक्टर भनिन्छ—
    “हामी निकास खोज्दैछौं”
    (ढल कहाँ? खोलामा!)

    पानीको धारा खोल्दा बग्दैन
    पानी होइन—एक अघोषित सरकारी गोप्यता।
    ट्यांकर आउँछ ढोल बजाउँदै,
    “सार्वभौम पानी वितरण परियोजना” लेखिएको झण्डा बोकेर।

    सडक? ओ सडक!
    तिमी काव्य हौ गहिरो खाल्डोहरूमा,
    जहाँ ट्राफिक जामले कविता लेख्दछ—
    “स्वतन्त्रताको स्थगित यातायात”।

    मोबाइल टावर रूखको ठाउँमा,
    साइकलले माग्छ माफी—”म आधुनिक होइन”,
    र मोटरसाइकल हाँक्छ गर्वका साथ—
    “प्रदूषण नै नयाँ प्रगति हो!”

    विद्यालय उही, शिक्षालय पनि उही,
    तर ज्ञानको प्रयोग फरक—
    “सरकारी शिक्षाको झ्यालबाट निजी विश्वविद्यालयमा प्रवेश”
    हुन त पढाइभन्दा बोर्डको रंग महत्त्वपूर्ण ठानिन्छ यहाँ।

    उद्योग होइन,
    सहरमा बेरोजगारहरूलाई तालिम दिइन्छ—
    “धेरै बेरोजगारी केटालाई तपाईंले टेकेर हिँड्न सक्नुहुन्छ”
    फुटपाथमै रोजगारीको ठेगाना।

    ओ पार्क!
    तिमी रित्तो थियौ,
    अहिले डोजरको प्रेममा परेको छौ।
    जहाँ झाडीलगाउने थिए,
    त्यहाँ अब पसल उठेको छ—”स्मार्ट गार्डेन रेस्टुरेन्ट”।
    जब बालबालिकाले प्रश्न गर्छन्:
    “हाम्रो शहर कस्तो थियो बाबा?”
    तिनीहरूलाई इतिहास पढाउनु पर्दैन—
    सिधै मास्क र हर्न थमाउनु पर्छ।

    यो हो– हाम्रो ‘हरित विकासको घोषणापत्र’
    जहाँ ढलले कविता लेख्छ,
    धुलोले चित्र बनाउँछ,
    र विकास—सपना होइन, धुवाँ हो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १९, सोमबार २०:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP