हाइकुहरू
ताेमनाथ उप्रेती
१
लोकतन्त्र आत्मा
करुणाले बलियो हुन्छ
सत्ता होइन सेवा।
२
चेतनाको ज्योति
मतदानभन्दा गहिरो
न्यायको यात्रा।
३
अध्यात्मिक दृष्टि
स्वार्थभन्दा माथि उठी
समाज उज्यालो।
४
मत मात्र होइन
मानव मूल्य हराए भने
लोकतन्त्र रित्तो।
५
सत्यको साधना
राजनीतिमा करुणा
राष्ट्रको मुहार।
प्रतिक्रिया