हाइकुहरू
तोमनाथ उप्रेती
१.
होर्मुज बन्द छ
तेलसँगै विश्व काम्यो
मौन विस्फोट।
२.
नाकाबन्दी कडा
समुद्रमा बारुदको गन्ध
लहर चिच्यायो।
३.
जहाज समातिए
नक्सामा तानिन्छ रेखा
युद्ध नजिकै।
४.
विरामको नाम
तर गोलीको निरन्तरता
शान्ति घाइते।
५.
तेहरान अडिग
अमेरिकी छाया भारी
आकाश तात्यो।
६.
तेल मार्ग थुनियो
विश्व बजार काँपिरहेको
डरको व्यापार।
७.
गोली समुद्रमा
तरंगले बोक्यो त्रास
क्षितिज धमिलो।
८.
राजनीति तात्यो
वार्तामा लुकेको विस्फोट
विश्व प्रतीक्षामा।
९.
सीमामा आगो
पत्रकारको कलम मौन
सत्य रगतले।
१०.
शान्ति प्रस्ताव
तर बन्दुकको भाषा
मानवता मौन।
प्रतिक्रिया