logo
  • २०८३ श्रावण १२ | Tue, 28 Jul 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

     

    १.

    सत्यको उज्यालो
    मनभित्र बत्ती बले
    समाज फुल्छ शान्त।

    २.

    करुणा बग्दा
    मानवता हराउँदैन
    द्वेष आफैँ झर्छ।

    ३.

    आत्मबोध जाग्छ
    म बाट हामी बन्छौँ
    नयाँ समाज जन्म।

    ४.

    शान्त मन हुँदा
    हिंसा सबै हराउँछ
    जीवन उज्यालो।

    ५.

    सद्भावको फूल
    हृदयमा फुलिरहन्छ
    मानवता मुस्कान।

    ६.

    अनुशासनले
    जीवन मार्ग सजाउँछ
    सफल समाज।

    ७.

    सेवाको भाव
    हृदयमा बगिरहन्छ
    राष्ट्र समृद्ध।

    ८.

    अहिंसा बाटो
    मानवता सुरक्षित
    शान्ति स्थायी।

    ९.

    सत्यको दीप
    अन्धकार हटाउँछ
    नयाँ बिहान।

    १०.

    आत्मचिन्तनले
    भित्रै परिवर्तन हुन्छ
    बाहिर समाज।

    ११.

    लोभ हराउँदा
    समता फैलिन्छ सबै
    दिगो विकास।

    १२.

    शिक्षा शुद्ध हो
    चरित्र निर्माण गर्छ
    भविष्य उज्यालो।

    १३.

    एकता बन्धन
    सबै हृदय जोडिन्छन्
    द्वेष हराउँछ।

    १४.

    नम्र नेतृत्व
    सेवामा समर्पित
    समाज रूपान्तरण।

    १५.

    मनको शान्ति
    दुनियाँ शान्त बनाउँछ
    संसार सुन्दर।

    १६.

    ध्यानको ज्योति
    अन्तर्मन उज्यालो
    जीवन शुद्ध।

    १७.

    सहिष्णुता फूल
    सबै रंग स्वीकार्छ
    मानव एकता।

    १८.

    आध्यात्मिक बाटो
    मानवता उचाल्छ
    समृद्धि ल्याउँछ।

    १९.

    नैतिक कर्मले
    समाज मजबुत बन्छ
    भविष्य सुरक्षित।

    २०.

    मूल्यको जगमा
    सभ्यता उभिन्छ यहाँ
    शान्त संसार।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ श्रावण १२, मंगलवार २१:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP