लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन। सप्तरीको राजविराज नगरपालिका- ७ का छात्र संमयोग यादवले आफ्नो ८ औं जन्मदिनको अवसरमा स्थानीय रमेश नारायण आदर्श आधारभूत विद्या मन्दिर राजविराजका गरिव दलित तथा विपन्न छात्रछात्रलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
जन्म दिनको अवसरमा ठुलो भोज आयोजना गर्ने चलन समाजमा बढदै गएको बेला शैक्षिक सामग्री वितरण गरेर जन्म दिन मनाउनु आफैंमा उदाहरणीय कार्य हो। मानव जिवनमा जन्म लिएपछि समाजको लागि पनि योगदान दिनुपर्छ । योगदान दिन यी यस्ता रचनात्मक कार्यालयले समाजमा एकअर्काका बिच सहकार्य र सहयोगको भावना जागृत हुन्छ। विद्यार्थीहरूको अनुहारमा खुसी छर्नुका साथै यसले अध्ययनमा उनीहरूको लगाव पनि बढाएको शिक्षकहरूको भनाइ छ।
“यो कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रेरणा मिलेको छ, र उनीहरूको जन्मदिनलाई स्मरणीय मात्र नभई शिक्षामैत्री बनाएको छ।”
अभिभावकहरू र स्थानीय समुदायका सदस्यहरूले पनि यस कार्यको प्रशंसा गरेका छन् । अन्य अभिभावक र समाजका प्रबुद्ध ब्यक्तिले पनि यस्ता सिर्जनात्मक अभ्यासको अनुसरण गर्न सक्ने उदाहरण बनेको छ।
इन्टेलेक्चुअल फाउण्डेशनका अध्यक्ष डा. सूर्याप्रसाद यादवले
पुरानो परम्परालाई तोड्दै समुदायिक विद्यालयका गरीव, दलित तथा विपन्न छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरि छोरोल जन्मदिन मनाइएको बताउनुभयो।
डा. यादवले यसबाट अरुले पनि प्रेणा लिएर जन्मदिन मनाएर थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले विद्यालयमा छोराको जन्मदिन मनाइएको उनले बताउदैँ भने शिक्षामा दलित, गरिव तथा विपन्न बर्गका छात्रछात्रालाई प्रोत्साहन हुने बताए।
सो कार्यक्रममा मैथिली अभियनता रामरिझन यादव,नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष एवम् उधोगी व्यवसायी अरूण प्रधान, प्राडा. रामखेलावन यादव, नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादव, समाजसेवी इन्जिनियर सूर्यनारायण यादव, इन्टेलेक्चुअल फाउण्डेशनका सहसचिव दिलिप कुमार यादव, आजिवन सदस्य सुधाकर सिंह, पत्रकार रामशंकर भण्डारीलगायत विद्यालयका शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।
उक्त विद्यालयमा अध्यनरत २८ जना विद्यार्थीहरूलाई कोपी र पेन्सिल वितरण गरिएको थियो।
प्रतिक्रिया