logo
  • २०८२ कार्तिक २८ | Fri, 14 Nov 2025
  • लहानमाःगाउँ ब्लक नगर संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा

    लहानमाःगाउँ ब्लक नगर संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा

    लोकेन्द्र प्रसाद यादव
    लहान।सिरहाको लहान नगरपालिका भित्र रहेका गाउँ ब्लक जग्गाहरूको समस्या समाधान सरोकारवालाहरुले मांग गरेकाछन्। उनीहरु वर्षो देखि गाउँ ब्लक जग्गाहरूर्कोे समस्या समाधान नहुदाँ आफनै जग्गा हुदाँ आवश्यकता परेको बेला क्रृण समेत लिन नपाएको, बैंक गैरायण्टी बनाउन नपाएको भन्दै आन्दोलनको तयारी गरेको हो।

    गाउँ ब्लक जग्गा नगर संघर्ष समिति लहानले सिरहाले विहीबार पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। समितिले लहान नगरपालिका वडा नं. १ देखि २४ सम्म रहेका गाउँ ब्लक जग्गाहरूको समस्या समाधान गर्न मांग अघि सारेका छन्।

    सो संघर्ष समितिले यहीँ २०८१माघ १३ मा मालपोत कार्यालय, नापी शाखा, इलाका प्रशासन कार्यालय, र लहान नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै सात दिनको अल्टिमेटम दिएको थियो। तर, कुनै समाधान नआएपछि विसं. २०८१ मघ २१ को निर्णयअनुसार चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो।

    संघर्ष समितिका संयोजक अरुण केसीले पत्रकार सम्मेलनमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरे। उनका अनुसार २७ गते दुर्गा मन्दिरबाट मसाल जुलुस निकालिने,२८ गते पशुपति माबिको चौरमा खबरदारी सभा हुनेछ। २९ गते मालपोत कार्यालय अगाडि धर्ना दिइनेछ।

    समितिले लामो समयदेखि गाउँ ब्लक जग्गाहरू रोक्का रहँदा सर्वसाधारण प्रभावित भएको र केही वडामा पट्टा तथा नापीको काम बाँकी रहेको जनाएको छ। यसअघि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै समाधान नभएकाले बाध्य भएर आन्दोलनको घोषणा गर्नुपरेको संघर्ष समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ माघ २४, बिहीबार १५:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP