महेन्द्र सदा
पातो। सप्तरीको बलान बिहुल गाउँ पालिका अन्तर्गतको कर्मचारी र जनप्रतिनिधिहरूको सामूहिक दुर्घटना बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ।
राष्ट्रिय बीमा कम्पनी लिमटेड लहान शाखाको आयोजना तथा बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवकाे अध्यक्ष्यतामा स्थानिय सरकार संग निर्जिवन बीमा कर्मचारी र जनप्रतिनिधिहरूको सामूहिक दुर्घटना बीमा सम्बन्धी अन्तर्क्रि सम्पन्न भएको छ।
बलान बिहुल गाउँपालिका अन्तर्गतको एक सय एक जना कर्मचारी र जनप्रतिनिधिहरूको बीमा गरिएको छ।
उक्त बीमा प्रति व्यक्ति दस/दस लाख रुपैयाँकाे हिसावले बीमा गरिएको छ। भने प्रति व्यक्ति प्रति वर्ष एक हजार पाँच सय रुपैयाँकाे हिसावले बीमा शुल्क पालिकाले व्यहोर्ने दुबै पक्षले सम्झौता गरेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिनुभयो।
सो बीमा अवधि २०८२असार २४गते देखि २०८३ असार २३ गते सम्म रहने सम्झौता गरेको छ।
राष्ट्रिय बीमा कंपनी लिमिटेडको निति नियम तथा
कार्यक्रम अन्तर्क्रिया सम्बन्धी प्रशिक्षण कार्यक्रम प्रमुख सूर्यनाथ महतोले सहज रुपमा गर्नु भएको थियो।
प्रतिक्रिया