बोदेबरसाईन। सप्तरीको बोदे बर्साईन नगरपालिका –३ गौरा, सारस्वर , मधुबन हुँदै बलान बिहुल गाउँपालिका वडा-१ को बलानपट्टि सम्म पक्की सडक निर्माण हुने भएको छ। आज मधेस प्रदेश सभा सदस्य अनिरुद्व कुमार सिंह यादवले भूमि पूजन गरी सडक निर्माण कार्यको शिलान्यास गरेका हुन्।
पूर्वाधार बिकास कार्यालय राजबिराज सप्तरीले रू. १४ करोड ८६ लाख २० हजार ८ सय ४५ रुपैयाँ लागतमा उक्त सडक खण्डमा निर्माणका लागि ठेक्का लगाएको छ।सो सडक खण्डको ठेक्का यम/यस सारस सगरमाथा जेभी त्रियुगा नगरपालिका –११, उदयपुरले पाएको छ। उक्त निर्माण कार्य २०८४ असार १९ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सडक निर्माण कार्य समयमै सम्पन्न भई सहज आवागमनको सुविधा स्थानीयलाई मिल्ने कार्यालयले लक्ष्य राखेका छन्।
कार्यक्रममा बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, बोदे बर्साईन नगरपालिकाकी उपाप्रमुख रेणु कुमारी साह, वडा नम्बर ३ का अध्यक्ष शिव नारायण यादव , पुर्वाधार बिकास कार्यालय राजबिराजका लेखापाल बिरेन्द्र कुमार साहको उपस्थित रहेको थियो।
प्रतिक्रिया