logo
  • २०८३ बैशाख १६ | Wed, 29 Apr 2026
  • आत्मचेतनाको युद्ध

    आत्मचेतनाको युद्ध

    आत्मचेतनाको युद्ध

    तोमनाथ उप्रेती

    युवा उठ्छन्
    आत्मचेतनाको झोला बोकेर
    अँध्यारोमा छाला चम्काउने बेला आएको छ

    राजनीतिक धुलो
    संस्थागत कमजोरी
    लोभ, अहंकार, द्वेषका दैत्यहरू उभिएका छन्।

    तर आत्मशुद्धि,
    अचम्मको अस्त्र
    टिकटक र इन्स्टाग्रामका फिल्टरभन्दा बलियो।

    विचार, भावना, र कर्मको
    विवेकपूर्ण युद्ध
    जहाँ रिल पनि कहिले-काँही शस्त्र बनिरहन्छ।

    शहर, गाउँ, मञ्च र मिडियामा
    उनीहरूको क्रान्ति गुञ्जिन्छ
    तर कहिले-काँही ट्रेन्डिले नै निर्णय गर्छ

    सिर्जनशीलता र विवेकको ज्वाला
    भ्रष्टाचार र अन्यायको अन्धकारमा हराउँछ।

    यो युद्ध
    यो आन्तरिक संघर्ष
    आत्मसाक्षात्कारको रणभूमि।

    जहाँ प्रत्येक निर्णय
    प्रत्येक कर्म
    समाज र राष्ट्रप्रति जिम्मेवारीको घोष।

    युवा चेतनाका सैनिक
    सत्य र धर्मको ध्वज लिएर अघि बढ
    कहिले-काँही, इमोजीले मात्र बुझाउँछ।

    यो युद्ध समाप्त हुँदैन
    तर जित
    हाम्रो विवेक, आत्मशुद्धि, र जिम्मेवारीमा छ
    अनि कहिलेकाहीँ
    ह्यासट्यागमा।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन २, शनिबार १२:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP