logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • उप्रेतीका केहि हाइकुहरू

    उप्रेतीका केहि हाइकुहरू

    उप्रेतीका केहि हाइकुहरू

    तोमनाथ उप्रेती

    १.
    आत्मा भित्रै
    ब्रह्मको ज्योति बाल्छ
    शान्ति झर्छ।

    २.
    कर्मको बाटो
    निष्काम पाइला चाल
    जीवन फुल्छ।

    ३.
    अहं हराउँछ
    ज्ञानले मन उज्यालो
    शून्य मुस्कान।

    ४.
    ध्यानको गहिरो
    मनको तरंग थाम्छ
    शान्ति बोल्छ।

    ५.
    सत्यको खोजी
    भ्रमका बादल टुट्छ
    प्रज्ञा झर्छ।

    ६.
    कर्म र ज्ञान
    दुई धार एउटै
    जीवन सन्तुल।

    ७.
    लोभको ज्वाला
    करुणाले निभाउँछ
    मन चिसिन्छ।

    ८.
    धर्मको बाटो
    सत्यको पाइलामा
    आत्मा फुल्छ।

    ९.
    मौन साधना
    अन्तरको स्वर सुन
    प्रकाश जाग्छ।

    १०.
    सांसारिक माया
    क्षणभंगुर छायाजस्तो
    बुद्धि जाग्छ।

    ११.
    शुद्ध मनले
    कर्मलाई पूजा बनाउँछ
    जीवन उज्यालो।

    १२.
    सत्यको दीप
    अन्धकार भित्र बल्छ
    मार्ग देखाउँछ।

    १३.
    प्रेम निष्काम
    आसक्ति भंग भएपछि
    मुक्ति मिल्छ।

    १४.
    ध्यानको आँखा
    आत्मा आफैं हेर्छ
    शून्य मुस्कान।

    १५.
    अज्ञान टुट्छ
    ज्ञानको उज्यालोले
    चेतना बग्छ।

    १६.
    करुणा बग्छ
    मनको नदी भित्र
    दुःख पग्लिन्छ।

    १७.
    जीवन यात्रा
    कर्मका पाइलामा
    सत्य भेटिन्छ।

    १८.
    शान्ति खोज्दा
    आफैं भित्र भेटिन्छ
    उत्तर सबै।

    १९.
    धर्मको स्वर
    हृदयभित्र गुन्जिन्छ
    मार्ग खुल्छ।

    २०.
    आत्मा उज्यालो
    ब्रह्मसँग एकाकार
    शून्य पूर्णता ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ बैशाख ३१, बिहीबार ०७:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP