logo
  • २०८३ भाद्र ११ | Thu, 27 Aug 2026
  • सेयर बजार फेरि ओरालोतिर, ३ अर्बको मात्रै कारोबार

    सेयर बजार फेरि ओरालोतिर, ३ अर्बको मात्रै कारोबार

    काठमाडौं : दुई दिन लगातार उकालो लागेको सेयर बजारमा मंगलबार सामान्य करेक्सन देखिएको छ।

    यसदिन नेप्से परिसूचक २.७६ अंकले घटेर २१९३.४८ विन्दुमा अडिएको छ। अघिल्ला कारोबार दिन आइतबार र सोमबार नेप्से क्रमश ५४.५८ र १.१५ अंकले बढेको थियो। यसदिन सेन्सेटिभ इण्डेक्स ४२१.१३ विन्दुमा पुगेको छ।

    सामान्य करेक्सन देखिएको सेयर बजारमा ३ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढ्यो । विन्दावासिनी हाइड्रो पावर डेभलपमेन्टको ९.९९, सामलिङ पावरको ९.९८  र हिमाल दोलखा हाइड्रोपावरको ९.९७ प्रतिशतले सेयर मूल्य बढेको हो।

    फल्स हाइड्रोपावरको ८.५३ प्रतिशतले बढेको छ। यसदिन कारोबार रकमका आधारमा शिवम् सिनेन्ट्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २९ करोड ३२ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो।

    कारोबारमा आएका १३ समूहमध्ये ६ को सूचक बढ्यो भने ७ को घट्यो। ट्रेडिङको १.९५, हाइड्रोपावरक १.१, फाइनान्सको १.२४, मनु एन्ड प्रोको ०.०२, माइक्रोफाइनान्सको ०.८५ र म्युचुअल फन्डको ०.२२ प्रतिशतले मूल्य बढेको हो।

    यसदिन कारोबार रकम सोमबारको तुलनामा घट्यो। सोमबार ४ अर्ब माथिको सेयर कारोबार भएकोमा मंगलबार ७८ लाख १३ हजार १०२ कित्ता सेयर ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ रुपैयाँमा खरिदबिक्री भयो। आज ५० हजार ३६५ पटकको कारोबार भयो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ श्रावण १७, मंगलवार ११:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP