सिरहा ः लहान नगरपालिका–१२ स्थित माध्यामिक बिद्यालय पडरिया थारुटोलको चार कोठे पक्की भवन निर्माणको शिलन्यास भएको छ । नगरप्रमुख महेश प्रसाद चौधरी, वडा अध्यक्ष बद्री नारायण चौधरी र प्रधानाध्यापक मनोज यादवले संयुक्त रुपमा आज भवनको शिलान्यास गर्नभएको हो ।
भवन निर्माणको लागि नगरपालिकाको जम्मा लागत अुनमान रकम रु ८५ लाख, ९१ हजार तीन सय २४ (भ्याट सहित) रहेकोमा रु ५५ लाख, ९६ हजार चारसय ६१ (भ्याट सहित)मा ‘रोशज राजु कन्स्ट्रक्सन’सँग आयोजनाको सम्झौता भएको विद्यायलका प्रधानाध्यापक मनोज यादवले जानकारी दिनुभयो । चारकोठे भवनको निर्माणकार्य यही आर्थिक वर्षभित्रमा पूरा गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
निर्माणाधिन भवन शिलन्यास गर्दै नगरप्रमुख चौधरीले नगरभित्रका ५९ वटा सामुदायिक विद्यालयको भौतिक संरचनामा सुधार र शैक्षिक गुणस्तरमा वृद्धि गर्दै लाने बताउनभयो । उहाँले भन्नुभयो,“हामीले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको छौँ । यहाँका सामुदायिक विद्यालयहरूको भौतिक अवस्था सुधारको कार्यमा गम्भीरताका साथ काम गरिरहेको छ । चालू आर्थिक वर्षमा एकै पटक पाँचवटा सामुदायिक विद्यालय भवन निर्माण गर्ने काम भइरहेको छ ।”
वडा नं १२ का वडाअध्यक्ष बद्रीनारायण चौधरीले नगरमा शैक्षिक सुधारको अभियान शुरु गरिएको भन्दै कक्षाकोठा अभावले समस्या भएकामा नयाँ भवनले त्यसको आवश्यकता पूरा गर्ने बताउनुभयो । ———
प्रतिक्रिया