logo
  • २०८२ चैत्र ३ | Tue, 17 Mar 2026
  • हैठीमा प्रदेश सभा सदस्य सिंहले गरे सामुदायिक भवन शिलान्यास

    हैठीमा प्रदेश सभा सदस्य सिंहले गरे सामुदायिक भवन शिलान्यास

    बोदे बरसाईन। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादवले सामुदायिक भवनको निर्माण कार्यको शिलान्यास गरेको हो ।
    शुक्रबार बोदे बरसाईन नगरपालिका—७ हैठी गाउँमा सप्तरी क्षेत्र नं.४(ख) बाट निर्वाचित सिंहले सामुायिक भवनको शिलान्यास गरेका हुन् ।
    उक्त सामुदायिक भवनको लागि मधेश प्रदेश सरकारबाट रु तीस लाख बजेट विनियोजन गरिएको छ। यसै आर्थिक वर्षमा काम सम्पन्न गर्नेगरी कार्यदेश पूर्वाधार विकास कार्यालय राजविराज सप्तरीले दिएको हो।
    सो सामुदायिक भवनमा माथि जस्तापताको ट्रष्ट रहने र चर्पी बन्ने निर्माण कार्यका लागि गठित उपभोक्ता समितिका सचिव शंकर झाले बताउनु भयो।
    उक्त सामुदायिक भवन निर्माण हुने भएपछि स्थानीयलाई विवाह लगायत सामूहिक कार्यमा गर्नमा सजिलो हुने भएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ बैशाख २६, शुक्रबार २२:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP