logo
  • २०८२ माघ ४ | Sun, 18 Jan 2026
  • भारत सरकारको निरन्तर सहयोग नेपाललाई चालीस एम्बुलेन्स उपहार

    भारत सरकारको निरन्तर सहयोग नेपाललाई चालीस एम्बुलेन्स उपहार

     

    काठमाडौं। भारत सरकारले नेपालका सातवटै प्रदेशका ३३ जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई ४० वटा एम्बुलेन्स प्रदान गरेको छ।
    भारतीय दूतावासले शनिबार जारी गरेको विज्ञप्ति अनुसार ती एम्बुलेन्सहरू काठमाडौं, पोखरा, धरान र वीरगञ्जमार्फत सम्बन्धित संस्थाहरूलाई हस्तान्तरण गरिएको हो ।

    दूतावासका अनुसार काठमाडौंमा आयोजित कार्यक्रममा २२ वटा एम्बुलेन्स दूतावासमार्फत् हस्तान्तरण गरिएका हुन् भने बाँकी एम्बुलेन्स वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास, पोखराको भारत सरकारका प्रतिनिधि कार्यालय र धरानमार्फत् हस्तान्तरण गरिएको हो ।
    भारत सरकारले विगत तीन दशकदेखि नेपालभरका विभिन्न सामाजिक संस्थालाई एम्बुलेन्स र स्कूल बस उपहार दिँदै आएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ ३१, शनिबार २१:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP