लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन। खडक नगरपालिकाले कृषि र शिक्षालाई प्राथमिकता दिएर आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार बसेको १७ औं नगरसभाको बैठकमा नगरप्रमुख जय प्रकाश चौधरीले खडक नगरपालिका स्थानीय सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतका कार्यक्रमको निरन्तरताका साथै कृषि र शिक्षलाई प्राथमिकतामा राखिएको उल्लेख छ। नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतितर्फ जोड दिएको नगरप्रमुख चौधरीले बताउनुभयो।
नगरप्रमुख चौधरीले १७ औं नगरसभामा चालु आवं.२०८१।०८२ मा नगरपालिका विशेष उपलब्धीहरुमा सुकुम्बासी, भुमिहीनलाई जग्गा स्वामित्वको निस्सा प्रदान र लालपुर्जा वितरण साथै अव्यवस्थित बसोवासीलाई सेतोलालपुर्जा वितरण, नगरका किसानहरुले सिंचाईका लागि प्रयोग गर्ने कृषि मिटरको बिल निशुल्क कार्यान्वयन, ऐलानी पर्ति जग्गाहरु संरक्षण उपलब्धीको रुपामा देखाईको छ।
यस्तै नगरभित्र रहेका विद्यालहरु मध्ये विद्यालयहरको कक्षा अपग्रेड गरेको र उच्च शिक्षा प्राप्तिका लागि खडक बहुमुखी क्याम्पस स्थपना गरेको संगै नगरका दश वटा विद्यालयहरुमा अंग्रेजी माध्यमाबाट अध्यापण भई रहेको र कक्षा १देखि ५ सम्मका सबै विद्यालयमा अंग्रेजी माध्यम लागु जानकारी दिनुभयो। संगै पुरानो जिर्ण जस्ताको छाना भएको कोठाको ठाउँमा विद्यालयहरुमा पक्कीभवन निर्माणले गति लिएको जनाएको छ।
फोहर मैला र दिशाजन्य लेदो व्यवस्थापन गर्न एक विघा क्षेत्रमा टे«न्च निर्माण गरिको र मधेश प्रदेशमै नमुना काम भएको रुपमा प्रस्तुत गरेको छ।
यसैगरी निःशुल्क रुपमा गर्भवती महिलाहरुको भिडियो एक्सरे सेवा उपलब्ध गराएको र वडा नम्बर ९मा बर्थिङ्ग सेन्टर संचालन भएको, प्रति महिना १ अंकमा झरेको सुच्केरी सेवा ३ अंकमा वृद्धि भएको छ।
खडक नगरपालिकालाई आत्मनिर्भर बनाउन ब्लक इँट र टायल उद्योग सञ्चालन गरी प्रयोगमा ल्याएको छ।
चुरे संरक्षणलाई वार्ड नम्बर ७ मा बीस हेकटर जग्गामा नर्सरी निर्काण गरेको छ। भने वडा नम्बर ३,४,५,६र ७ मा जलाशय निर्माण गरेको छ।
खडक नगरपालिकाले ल्याएको अगामी वर्षको नीति तथा कार्यक्रममा यसपटक पनि आकर्षक नाराले भरिएको छ। कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा प्रयोग गरी पालिकालाई आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।
खडक नगरपालिकाको अभियान समाजवाद उन्मुख आधार निर्माण गर्न आधारभूत आवश्यक्ता पुरा गर्दै विशिष्ट पहिचान सहितको समक्ष एवं सबल र समाजवाद उन्मुख समाज निर्माणको बाटो अबलम्बन गर्दै आत्मनिभृर नगर बनाउने मुख्य सोच नगरपालिकाको रहेको छ।
त्यसैगरी, बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न एक विद्यालय एक बालउद्यानको अवधारणलाई निरन्तरता दिने र डिजिटल स्कुलको अवधारणा, डिजिटल स्मार्टबोर्ड पढाउन सबे सामुदायिक विद्यालयमा व्यवस्था मिलाउने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ। विद्यालय शिक्षकहरुको शिक्षण सिकाइ शैलीलाई थप क्रियाशील एवम दक्षता अभिवृद्धिका लागि विज्ञहरुबाट क्षमता अभिवृद्धि कार्यक्रम ल्याएको छ।
यस्तै नगरपालिका स्तरीय खेलकुद विकास समिति गठन गर्ने, खुला सार्वजनिक पर्ती तथा नदी उकास,आसपासका क्षेत्रहरुमको पहिचान गरी त्यस्ता क्षेत्रहरुमा खेलकुद मैदान,बालउद्यान पूर्वाधारको निर्माण एवम् सञ्चालमा सार्वजनिक नीति साझेदारमा व्यवस्थापन गर्ने नीति नगरपालिकाले लिएको छ। संगै खेलकुद प्रशिक्षण केन्द्रहर संचालन गर्ने छ। त्यसैगरी एक वडा एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिने नीति कार्यक्रममा समेटिएको छ।
‘‘नगरको शिप नगरमै लगानी” आर्कर्षक नाराका साथ युवाहरु रोजगारीको सिलसिलमा विदेश जाने क्रमलाई निरुत्साहित गर्न विभिन्न उपयुक्त सिपमूलक तालिमहरु उपलब्ध गराई नगरमे स्वरोजगार सिर्जना गरी एक घर एक रोजगार अभियानलाई सफल पार्ने नीति लिएको छ।
त्यसैगरी परम्परागत रुपमा संचालन हुने मेला,यात्रा,पर्व,भजन आदि पर्वहरुलाई व्यवस्थित सुसज्ति गरी सांस्कृतिक ,पर्यटन, विकासको रुपमा स्थापित गरिदै लगिने अगमी आवकमा नीति लिएको छ।
नगरसभाको अर्को बैठक असार १० गते हुने बिचमा नीतिकार्यक्रममा सभा सदस्यहरुले संसोधन प्रस्ताव हाल्न पाउने खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले बताउनु भयो।
उक्त नगरसभामा नगरउपप्रमुख रिता कुमारी चौधरी लगायत सभा सदस्यहरु र विषगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया