logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • मिर्चैया नगरपालिकाले ल्यायो ७० करोडको बजेट ओम प्रकाश ठाकुर

    मिर्चैया नगरपालिकाले ल्यायो ७० करोडको बजेट ओम प्रकाश ठाकुर

     

    ओम प्रकाश ठाकुर

    मिर्चैया। मिर्चैया नगरपालिकाले आर्थिक वर्ष २०८२\०८३ का लागि ७० करोड ११ लाख ८९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले पालिकाको १५औँ नगरसभामा प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ ।

    बजेटमा संघीय सरकारको राजस्व बाँडफाँड, सशर्त र विशेष अनुदानसहित आन्तरिक आम्दानी गरी १४ करोड ८ लाख रुपैयाँ समेटिएको छ । प्रदेश सरकारबाट प्राप्त अनुदान, समानीकरण तथा विशेष सहयोग पनि बजेटको हिस्सा बनेका छन् ।

    नगरप्रमुख यादवका अनुसार सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई १० हजार रुपैयाँ प्रोत्साहन अनुदान दिइनेछ भने शिक्षकका लागि दक्षता अभिवृद्धि तालिममा १० लाख छुट्टाइएको छ ।

    स्वास्थ्य क्षेत्रमा सर्पदंश उपचारको लागि मिर्चैया अस्पतालमा विशेष सेवा सञ्चालन गरिनेछ । ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बिमा र उपचारको व्यवस्था गरिनेछ ।

    कृषि क्षेत्रमा सशक्तीकरणका लागि हालसम्म ४० वटा सिँचाइ बोर्डिङ स्थापना भइसकेको र थप प्रक्रिया अघि बढाइएको छ । सिँचाइ प्रयोजनका लागि प्रयोग हुने विद्युत्को सम्पूर्ण खर्च नगरपालिका आफैँले व्यहोर्ने निर्णय गरिएको छ ।

    पूर्वाधार क्षेत्रमा नगरको मुख्य बजार व्यवस्थापनका लागि ७ करोड रुपैयाँ छुट्टाइएको छ । ग्रामीण सडक, ढल, खानेपानी लगायत पूर्वाधारमा पनि लगानी गरिएको छ ।

    नगरप्रमुख यादवले सबै वडामा समावेशी योजना, रोजगारी सृजना र सामाजिक न्याय सुनिश्चित गर्ने कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् ।

    मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री संजयकुमार यादवले योजनाहरू दिगो, समावेशी र स्थानीय आवश्यकता अनुसार बनाउने सुझाव दिएका छन् ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ९, सोमबार ११:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP