logo
  • २०८३ बैशाख १६ | Wed, 29 Apr 2026
  • ईर्ष्या र मानसिक शान्ति बीचको जटिल सम्बन्ध

    ईर्ष्या र मानसिक शान्ति बीचको जटिल सम्बन्ध

    ईर्ष्या र मानसिक शान्ति बीचको जटिल सम्बन्ध

    तोमनाथ उप्रेती

    ईर्ष्या अरूको सफलता, सुख, वा गुणहरू प्रति हुने नकारात्मक भावना हो, जसले मानसिक शान्तिमा ठूलो असर पुर्याउँछ। जब मानिसले ईर्ष्या अनुभव गर्छ, तब उसले आफूलाई अरूको तुलनामा कमजोर र असन्तुष्ट महसुस गर्छ। यसले मनमा द्वेष, रिस र तनाव उत्पन्न गराउँछ, जसले मानसिक शान्तिलाई बाधा पुर्याउँछ। दीर्घकालीन ईर्ष्याले सम्बन्धहरूमा विवाद र अलगाव ल्याउन सक्छ, जसले सामाजिक जीवनमा पनि असर गर्छ।

    मानसिक शान्ति भनेको मनको स्थिरता र सन्तुलन हो, जसले मानिसलाई तनावमुक्त, खुशी र सकारात्मक सोच राख्न मद्दत गर्छ। ईर्ष्याबाट मुक्त भइँदा मानिसले आफ्ना कमजोरीहरू स्वीकार्न र आफ्ना लक्ष्यतर्फ केन्द्रित हुन सक्छ। यसले आत्मविश्वास बढाउँछ र जीवनमा समृद्धि ल्याउँछ।

    ईर्ष्या नियन्त्रण गर्न सकिनाले नै मानसिक शान्ति कायम हुन्छ। योग, ध्यान, सकारात्मक सोच र आत्म-स्वीकारोक्ति अभ्यासले ईर्ष्यालाई कम गर्न मद्दत गर्छ। जीवनमा मानसिक शान्ति भएमा व्यक्ति आफ्नो क्षमता अनुसार अघि बढ्न सक्षम हुन्छ र अरूप्रति दया र सद्भाव राख्न सक्छ। यसरी, ईर्ष्या नियन्त्रण गरी मानसिक शान्ति कायम राख्नु जीवनको सफलता र खुशीका लागि अत्यावश्यक हुन्छ।

    ईष्या मानिसको मनोविज्ञानमा असर पार्ने एक शक्तिशाली भावना हो। यो भावना कुनै व्यक्तिको सफलता, खुशी वा समृद्धिमा अरूको अनावश्यक हस्तक्षेप वा असमानता को अनुभवमा उत्पन्न हुन्छ। ईष्याले मानिसलाई मात्र असन्तुष्ट र दुःखी बनाउने काम गर्दैन, यसले जीवनमा गम्भीर नकरात्मक परिणाम पनि ल्याउन सक्छ। ईष्या मानिसको मानसिक स्वास्थ्य, सम्बन्ध, र जीवनको गुणवत्तामा नकारात्मक प्रभाव पारेर एक प्रकारको आत्मघाती प्रवृत्तिमा परिणत हुन सक्छ।

    जब मानिसले अरूको सफलतामा ईष्या गर्न थाल्छ, त्यसले आत्म-संस्कार र आत्मविश्वासमा कमी ल्याउँछ। यसले अविश्वास र असुरक्षाका भावना जन्माउँछ, जसका कारण व्यक्तिको मानसिक शान्ति विघटित हुन्छ। मानिसले अरूको जीवनलाई आफूसँग तुलना गर्न थाल्छ, जसले गर्दा आत्म-मूल्यमा गिरावट आउँछ र व्यक्तिगत विकासमा अवरोध उत्पन्न हुन्छ।

    ईष्याको अर्को गम्भीर असर यसको व्यक्तिका सामाजिक सम्बन्धहरूमा नकारात्मक प्रभाव हो। ईष्या भएका व्यक्तिहरू प्रायः अरूसँगको सम्बन्धमा विषाक्तता ल्याउँछन्। उनीहरूको मनमा कटुता र द्वेष बढ्न थाल्छ, जसले मित्रता र पारिवारिक सम्बन्धलाई खतरामा पार्न सक्छ। यस्तो अवस्थामा, ईष्याले मानिसलाई एकल रूपमा परिणत गर्ने सम्भावना बढाउँछ, र सामाजिक समर्थनको अभावमा जीवन अझ कठिन बन्छ। ईष्या मानिसको जीवनमा मानसिक र शारीरिक स्वास्थ्यमा समस्या ल्याउँछ। यो तनाव, चिन्ता र डिप्रेशनको कारण बन्न सक्छ। तनावले शारीरिक स्वास्थ्यमा पनि नकरात्मक असर पुर्याउन सक्छ, जसले स्वास्थ्य समस्याहरू र लामो समयको नोक्सान निम्त्याउन सक्छ। ईष्याले एक व्यक्तिको जीवनलाई भावनात्मक, मानसिक र शारीरिक रूपमा समाप्त पार्न सक्छ, र यसको निवारणका लागि आत्म-स्वीकृति, सहनशीलता र सकारात्मक सोचको आवश्यकता छ।

    जीवन जिउनु पनि एउटा कला हो र यो कलामा हामी कसरी निपुण बन्ने भन्ने कुरा आफैमा भर पर्छ, जीवन जिउने तरिका धेरै छन्, तर जुन आधारभूत छ, त्यसैको अभाव भयो भने जीवन नै भारी हुन्छ र मृत्युको खोजी सुरु हुन्छ ।सकारात्मकताले हामीलाई राम्रो छनोटतर्फ डो¥याउँछ जबकि नकारात्मक मनोवृत्तिले हाम्रो बुद्धिमत्तालाई कमजोर बनाउँछ र सीमित गर्दछ।प्रायः भन्ने गरिन्छ ईष्या दुर्गुण हो, गर्नुहुँदैन । हामी कोही पनि ईष्या नगरी बस्न सक्दैनौँ । विगतमा पनि यस्तै भएको थियो, वर्तमानमा पनि त्यस्तै भएको छ र यस्तै अवस्था रहे भविष्यमा पनि हुने त्यस्तै हो । जोजसले ईष्या गर्नुहुन्न भन्ने गरेका छन् उनीहरूले नै सकेका छैनन्, सकेका हुँदैनन् ।

    काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य छ वटा मानवीय गुण हुन् । यद्यपि भागवतमा व्यासजीले यसलाई षड्दश्यु भनेका छन् । दश्युको अर्थ हुन्छ डाँकु । मानिसको सद्गुण अर्थात् दया, माया, मैत्री, करुणा, शान्ति, सदाचार, त्याग, तपस्या, परहित तथा परोपकार जस्ता सद्भावलाई चोरेर वा अपहरण गरेर दुःख दिन सक्ने भएकाले डाँकु भनिएको हो तर यो रूपमा मात्र हो सारमा होइन । मात्सर्यको अर्थ हुन्छ ईष्या । यो बालकदेखि वृद्धसम्म सबैमा हुन्छ । बालबालिकामा अप्रत्यक्षरूपमा हुन्छ । उमेरसँगै ऊ पनि बढ्दै जान्छ र युवावस्थामा पुग्दा प्रत्यक्ष देखिने गर्छ, जसले वृद्धावस्थासम्म पनि पिछा गरिरहेको हुन्छ । यो जन्मजात गुण हो । जन्मदा सँगै आएको हुन्छ, जीवनभर सँगै बस्छ र मर्दा सँगै जाने गर्छ ।

    अर्काको बनिबनाउ वा समृद्धि देखेर मनमा उब्जने डाह ,  द्वेष, ईख ,मात्सर्य नै ईष्या हो ।ईष्या मनको पीडा हो। अविद्या, अस्मिता, आसक्ति, घृणा र आसक्ति। यी हुन् मनका ५ पीडा हुन् । यसमा, द्वेष (घृणा, दुश्मनी, ईष्याको भावना) ईष्या हो। ईष्या गर्नु हुदैन भन्न त एकदमै सजिलो छ तर ईष्यालाई कसरी पूरै नष्ट गर्न सकिन्छ भन्न अलि गाह्रो छ ।

    ईष्या विभिन्न रूपहरूमा प्रकट हुन्छ। व्यक्तिगत स्तरमा, मानिसले आफ्ना असफलता वा कमजोरीको तुलना अरूसँग गर्दा स्वयंप्रतिको ईष्या अनुभव गर्छ। सामाजिक जीवनमा, अरूसँगको समृद्धि र स्थिति देखेर सामाजिक ईष्या उत्पन्न हुन्छ। व्यावसायिक क्षेत्रमा, अरूसँगको सफलता वा पदको कारण व्यावसायिक ईष्या पैदा हुन्छ। संबन्धमा, नजिकको सम्बन्ध देखेर ईष्या आउँछ। शारीरिक आकर्षणको कारण सौन्दर्य र शरीरको ईष्या, तथा आध्यात्मिक उन्नतिको कारण आध्यात्मिक ईष्या पनि देखा पर्छ। यी सबै विभिन्न परिस्थितिहरूमा प्रकट हुन सक्छ।

    हामी कसैसँगसम्बन्धमा रहेछौं भने ईष्याले झनै विचलित गराउँछ। हामी साथी र तेश्रो व्यक्तिको बारेमा मात्र सोच्छौं। आफ्नो विशेष सम्बन्ध त्यो तेश्रो व्यक्तिले खोसिदिने हो कि भन्ने डरले सताउँछ। उसँग प्रतिस्पर्धा गर्नुपर्ने वा धोका पाइने सम्भावनाले हाम्रो सुखचैन खोस्छ। उदाहरणका लागि, हाम्रो जीवनसाथीले आफ्ना साथीहरूसँग धेरै समय बिताउँछन् वा एक्लै एक्लै कुनै कार्यक्रममा भाग लिन्छन् भने हामीलाई ईष्या हुन सक्छ। यस्तो ईष्या मानिसले मात्र होइन जनावरले पनि अनुभव गर्छन्। जस्तै, घरमा नयाँ बच्चा आउँदा पालेको कुकुरलाई ईष्या हुन्छ। यो खालको ईष्यामा असुरक्षा र अविश्वासको भाव त प्रबल रूपमा हुन्छ नै, आक्रोश र शत्रुताको भाव पनि हुन्छ।

    असुरक्षाको भाव छ भने आफ्नो जीवनसाथी वा मित्रलाई अरुसँग देख्नासाथ हामीमा ईष्या जाग्न थाल्छ। आफ्नै योग्यताबारे शंका हुन्छ र साथीले आफूप्रति गर्ने प्रेममा भर हुँदैन। उसलाई विश्वास गर्न सक्दैनौं। उसले आफूलाई छाडेर जाला कि भन्ने डर लाग्न थाल्छ। यस्तो डर उसले अरुसँग समय बिताउँदा मात्र होइन, नबिताउँदा पनि हुन सक्छ। उसले कुनै बेला पनि छाडेर हिँड्ला भन्ने त्रासमा हामी उमाथि एकदमै अधिकार जमाउन थाल्छौं। ईष्यालाई पूर्ण रूपमा नष्ट गर्न, व्यक्तिले ईष्यालाई पूर्ण रूपमा बुझ्नुपर्छ । ईष्या के हो? यसको उत्पत्ति कहाँबाट हुन्छ? यो कसरी बढ्छ वा घट्छ? ईष्याको बारेमा ९९ प्रतिशत जानकारी भए पनि र १ प्रतिशत नभए पनि त्यसलाई पूर्ण रूपमा उन्मूलन गर्न सक्दैनौँ । मनका तीन गुण, तीनस्तर, चार कर्म, पाँच अवस्था, पाँच विकार र पाँच पीडालाई विस्तृत रूपमा बुझ्नु अत्यन्त जरुरी छ।

    मन पवित्र भएपछि पाँच दुर्गुण र पाँच दुःखको अन्त्य हुन्छ । कसैको भलाइ, प्रगति, प्रशंसा आदिको बारेमा थाहा पाएर पनि हामीमा खुशीजस्ता सकारात्मक भावना उत्पन्न हुँदैन र हामीले तुलनात्मक दृष्टिकोण अपनाउछौ भने तब हामी पक्कै ईष्याको शिकार बनेका छौ ।तुलना पनि एक हदसम्म मात्र सही छ। सबैको सोच, क्षमता, रुची, आवश्यकता र परिस्थिति फरक फरक हुन्छ । ईष्याको प्रभावमा, व्यक्तिले राम्रोलाई चिन्न बिर्सन्छ।

    ईर्ष्या जन्मजात गुण होइन, तर मानिसको अनुभूति र सामाजिक वातावरणबाट उत्पन्न हुने भावना हो। यो स्वाभाविक रूपमा केही हदसम्म सबैमा देखिन्छ, तर यसलाई नियन्त्रण गर्न र सुधार्न सकिन्छ। यदि ईर्ष्या निरन्तर रहिरह्यो भने यो मानसिक तनाव र सम्बन्धमा समस्या ल्याउन सक्छ। जीवनमा सकारात्मक सोच, आत्म-स्वीकारोक्ति र मनोवैज्ञानिक अभ्यासले ईर्ष्यालाई कम गर्न मद्दत गर्छ। यसैले, ईर्ष्या जन्मजात होइन, तर सुधार गर्न मिल्ने व्यवहार हो, जसलाई छाडेर मानिस मानसिक शान्ति र समृद्धि तर्फ बढ्न सक्छ। यसलाई न कसैले भनेको भरमा छाड्न सकिन्छ न छाड्छु भनेको भरमा नै छुट्ने गर्छ । कसैले मैले छाडेको छु भन्छ भने ठाने हुन्छ उसले कि सरासर झुट बोलिरहेको छ कि अभिनय गरिरहेको छ । मनभित्र चाहिँ ईष्याको भारी लुकाएर राख्ने मुखले भने छाडेको छु भन्नु भनेको पाखण्ड हो, ढोँग हो । गीतामा कृष्णले यस्तै आशय व्यक्त गरेका छन् तर रूपान्तरण भने गर्न सकिन्छ । रूपान्तरण गर्न सके वा जाने सद्गुण बनेर सुख दिन्छ नजाने वा नसके दुर्गुण बनेर दुःख दिन्छ वश फरक यति हो ।

    कुरो सुन्दा आश्चर्य लाग्न सक्छ तर आश्चर्य मान्नैपर्ने कुरा भने होइन । त्यसो भए के गर्ने त ? प्रश्न गम्भीर छ तर उत्तर गम्भीर छैन । छैनमात्र होइन निकै सजिलो छ । थप केही पनि नगर्ने । हाल जे गर्दै आइएको छ त्यसैलाई नै अलिकति तलमाथि गर्ने वा परिवर्तन गर्ने । पुनः प्रश्न उठ्न सक्छ त्यो भनेको के ? उत्तर हो कसैको ईष्या गर्नु सोझो प्रयोग हो । उसले गरेको कामको ईष्या गर्नु रूपान्तरण हो । त्यसैले ईष्या गर्नुस्, गर्नुपर्छ भन्ने हो तर कुनै व्यक्तिको नभई विषयको गर्नुपर्छ । अहिलेसम्म हामीले यसतर्फ ध्यान दिएका थिएनौँ, जसले गर्दा दुःख पाएका थियौँ । जब त्यस्तो बानी बसाउने छौँ स्वतः सुखी हुने छौँ ।

    ईष्याका विभिन्न रूप हुन सक्छन्। हामी एक्लो छौं भने कुनै जोडी देखेर ईष्याका विभिन्न रूप हुन सक्छन्। हामी एक्लो छौं भने कुनै जोडी देखेर ईष्याले भरिन सक्छौं वा अरुसँग सम्बन्धमा भैरहेको कसैसँग आकर्षित हुन सक्छौं। खासमा यो डाहा हो। हामी चाहन्छौं, त्यो व्यक्तिको माया वा ध्यान आफूप्रति आकर्षित होस्। अथवा, त्यस्तै खालको राम्रो सम्बन्ध मेरो पनि होस्। दुवै मामिलामा हामी आफूसँग नभएको कुरालाई लिएर डाहाले जल्छौं। यसले आफूमा भएको कमीकमजोरी र कमजोर आत्मसम्मानका धेरै जटिलताहरू सतहमा ल्याइदिन्छ।

    हामी कसैसँग (विवाह वा प्रेमको) सम्बन्धमा रहेछौं भने ईष्याले झनै विचलित गराउँछ। हामी साथी र तेश्रो व्यक्तिको बारेमा मात्र सोच्छौं। आफ्नो विशेष सम्बन्ध त्यो तेश्रो व्यक्तिले खोसिदिने हो कि भन्ने डरले सताउँछ। उसँग प्रतिस्पर्धा गर्नुपर्ने वा धोका पाइने सम्भावनाले हाम्रो सुखचैन खोस्छ। उदाहरणका लागि, हाम्रो जीवनसाथीले आफ्ना साथीहरूसँग धेरै समय बिताउँछन् वा एक्लै एक्लै कुनै कार्यक्रममा भाग लिन्छन् भने हामीलाई ईष्या हुन सक्छ। यस्तो ईष्या मानिसले मात्र होइन जनावरले पनि अनुभव गर्छन्। जस्तै, घरमा नयाँ बच्चा आउँदा पालेको कुकुरलाई ईष्या हुन्छ। यो खालको ईष्यामा असुरक्षा र अविश्वासको भाव त प्रबल रूपमा हुन्छ नै, आक्रोश र शत्रुताको भाव पनि हुन्छ।

    असुरक्षाको भावले ईष्या उत्पन्न गर्दछ, जसले हामीलाई आफ्ना जीवनसाथी वा मित्रप्रति शंका र डरमा डुबोउँछ। जब साथी अरूसँग समय बिताउँछन्, हामीलाई यो डर लाग्छ कि उनी हामीलाई छोडेर जान सक्छन्। यसले हाम्रो मानसिक शान्ति हराउँछ र सम्बन्धमा असमझदारी ल्याउँछ। हामी जति ईष्यालु हुन्छौं, साथीहरू त्यति टाढिन चाहन्छन्। तर, जब हामीलाई थाहा हुन्छ कि हामीले अरूसँग पनि प्रेम गर्न सक्छौं, ईष्या कम हुन्छ र सम्बन्धमा विश्वास र माया बढ्छ। ईष्या एक नकारात्मक भावना हो, जसले सम्बन्धमा समस्या ल्याउँछ, तर आत्मविश्वासले यसलाई घटाउन मद्दत गर्दछ।

    ईर्ष्या र मानसिक शान्ति बीचको सम्बन्ध जटिल र द्वैध छ। ईर्ष्या प्रायः नकारात्मक भावना हो जुन अरूको सफलतालाई हेर्दा उत्पन्न हुन्छ र यसले मानसिक अशान्ति र तनाव ल्याउँछ। जब व्यक्ति अरूलाई हेरेर असन्तुष्ट महसुस गर्छ, तब मनमा द्वेष, रिस, र अविश्वास बढ्छ, जसले मानसिक शान्तिलाई कमजोर बनाउँछ। यस्ता भावना लामो समयसम्म रहँदा मानिसको स्वास्थ्य, सम्बन्ध र समग्र जीवनमा नकारात्मक प्रभाव पर्छ।

    तर ईर्ष्यालाई पूर्णरूपमा नकारात्मक मात्र पनि मान्न सकिँदैन। कहिलेकाहीं यो व्यक्ति आफ्ना कमजोरी र आवश्यकता बुझ्न र सुधार गर्न उत्प्रेरणा दिन्छ। यसले प्रतिस्पर्धात्मक भावना जगाएर प्रगतिको दिशामा लग्न मद्दत पुर्याउन सक्छ। त्यसैले, ईर्ष्या मानसिक शान्ति र विकासबीचको एक संतुलनको प्रश्न हो।

    मानसिक शान्ति कायम राख्न ईर्ष्यालाई नियन्त्रणमा राख्न जरुरी छ। यसका लागि आत्म-चिन्तन, ध्यान, सकारात्मक सोच र मनोवैज्ञानिक अभ्यास आवश्यक हुन्छ। जब मानिसले ईर्ष्यालाई स्वीकार्छ र त्यसलाई नियन्त्रण गर्छ, तब मात्र उसले स्थायी मानसिक शान्ति र आत्म-सन्तोष प्राप्त गर्न सक्छ। यसैले, ईर्ष्या र मानसिक शान्ति बीचको सम्बन्धलाई बुझ्न र व्यवस्थापन गर्न गहिरो सोच आवश्यक छ।

    [email protected]

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १४, शनिबार २१:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP