logo
  • २०८२ पुष २९ | Tue, 13 Jan 2026
  • वीरगञ्ज महानगरका १३ सामुदायिक विद्यालय कालोसूचीमा

    वीरगञ्ज महानगरका १३ सामुदायिक विद्यालय कालोसूचीमा

    पर्सा,साउन २५ गते । वीरगञ्ज महानगरपालिकाले १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको छ। महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली आर्इर्इएमआर्इएस अद्यावधिक गर्न अटेर गरेको भन्दै ती विद्यालयलाई कालोसूचीमा राखिएको हो ।

    यसरी कालोसूचीमा पर्ने विद्यालयमा त्रिजुद्ध माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, विश्वहिन्दू संस्कृति आधारभूत विद्यालय विद्यापीठ, सिन्दुरियामाई आधारभूत विद्यालय लक्ष्मणवा, मकतव इनर्वा वीरगञ्ज, नेपाल राष्ट्रिय आधारभूत विद्यालय अपौनी रहेका छन्।

    यसैगरी नेपाल राष्ट्रिय आधारभूत विद्यालय परवानीपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय मनियारी, रामजानकी आधारभूत विद्यालय रामगढवा, मदरसा इस्लामिया आधारभूत विद्यालय सुगौलीविर्ता, नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रसोतिपुर, नेपाल रेडक्रस आधारभूत विद्यालय लक्ष्मीपुर वेल्वा र आदर्श बालविकास आधारभूत विद्यालय बेल्वा छन्।

    कालोसूचीमा परेका विद्यालय अहिले प्राप्त कुनै पनि सुविधा, निकासा तथा अनुदानबाट वञ्चित हुने महानगरले जारी गरेको सूचनामार्फत जानकारी दिइएको हो। प्रधानाध्यापकका कारण नै यस्तो अवस्था आएको भन्दै विद्यालयले प्राप्त गरिरहेको सुविधा कटौती भए स्वयं विद्यालय नै जिम्मेवार हुने सूचनामा उल्लेख छ। रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ श्रावण २५, बुधबार ११:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP