logo
  • २०८३ बैशाख १६ | Wed, 29 Apr 2026
  • शिक्षा र संस्कारको सङ्गम 

    शिक्षा र संस्कारको सङ्गम 

    शिक्षा र संस्कारको सङ्गम 

    तोमनाथ उप्रेती

    शब्दहरू मात्र पातहरू होइनन्,
    यी त ज्ञानवृक्षका हरिया श्वास हुन्,
    जहाँ हावाले मन्त्रजस्तै गुञ्जिन्छ,
    वेदको ध्वनि, गुरुकुलको आत्मा बन्छ।

    हातमा किताब होइन, दीपको ज्योति लिएर हिड,
    अज्ञानको रात पर्खिरहेको छ उज्यालोको नदि,
    तिमी आफैँ ऋषि बन, श्वासलाई मन्त्र बनाउ,
    हिड्दा तिमी आफैँ वेदको पृष्ठ पल्टाउ।

    पर्वतहरूको मौनता नै गुरुको मौन उपदेश हो,
    पानीको बगाइ नै जीवन बगाउने चित्तको शिक्षा हो,
    फूलको मुस्कानमा संस्कारको सुगन्ध छ,
    पातको पतनमा पनि कृतज्ञताको आस्था छ।

    प्रकृति मात्र दृश्य होइन, ध्यानको गहिराइ हो,
    वायु, अग्नि, जल, आकाश–
    यी त आत्मासँग जुरेका पाँच श्लोक हुन्,
    जीवनलाई कर्मयोगमा सजाउने सरल उपदेश हुन्।

    जब शिक्षा आत्मामा संस्कारको फूल झर्छ,
    ज्ञानको वृक्षमा चेतनाको फल पाक्छ,
    त्यही बेलामा राष्ट्रको आत्मा सुसंस्कृत हुन्छ,
    त्यही बेलामा सभ्यता कर्ममा जागृत हुन्छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ३१, मंगलवार १७:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP