logo
  • २०८३ बैशाख १६ | Wed, 29 Apr 2026
  • कथाः सेवाको बगैँचामा फुलेको रतुवामाई

    कथाः सेवाको बगैँचामा फुलेको रतुवामाई

    कथाः सेवाको बगैँचामा फुलेको रतुवामाई

                                                                         तोमनाथ उप्रेती

    रतुवामाई सेवा हो—साँस्कृतिक जरा र मानवीय समर्पणले सिँचिएको एउटा जीवित बगैँचा। यहाँका खोलाहरू  पानीको बहाव होइनन्, ती करुणाका धार हुन्, जो अनाम पीडामा पनि औषधिको स्वाद बोकेर बग्छन्। यहाँको हावा  श्वास होइन, त्यो सद्भावको स्पर्श हो—जहाँ प्रत्येक सास सेवा बन्न जान्छ।

    यो भूमि  धान फलाउने माटो होइन, सेवा रोप्ने संस्कार हो। सेवाभाव यहाँको आकाशमा बादलझैँ मडारिन्छ, धर्तीमा बालाजस्तै उब्जन्छ। त्यही सेवाभावको सुगन्धबाट रतुवामाईका बासिन्दाहरू एक अर्काको दुःखमा आफैँलाई हराउँछन्—प्रेमको साँचो परिभाषा यही हो।

    रतुवामाईका पाखा, खोला, बगैँचा र वनस्पतिहरू एक किसिमको मौन कर्मयोगमा छन्। ती मौन छन्, तर चेतन छन्। हरियो बोट सेवा गर्छ, पंक्षी सेवा गर्छ, माटो पनि सेवा गर्छ—कथन होइन, कर्तव्य बन्ने संस्कार यही हो।

    सेवा यहाँ उपकार होइन—यो त स्वभाव हो, अस्तित्व हो। न घाटको घण्टी यहाँ अर्थ बिना बज्छ, न खेतको सिँचाइ यहाँ स्वार्थवश हुन्छ। रतुवामाईमा सेवा कर्म होइन—यो ब्रह्म हो, आत्मा हो। यहाँ सेवा गर्छु भन्नु आत्मा देख्छु भन्नुजस्तै हो।

    यस बगैँचामा सेवा फूलझैँ फुल्छ, करुणा मन्द बास्नाजस्तै फैलिन्छ, र मान्छेहरू परमात्मासँग निकट हुन खोज्छन्—अरूका निम्ति बाँचेर। यही हो रतुवामाई—जहाँ धर्म टाउकोमा होइन, हृदयमा बस्छ। जहाँ सेवा पुजा हो, र मान्छे मन्दिर।

    रतुवामाई, एउटा भूगोल मात्र होइन—एक मूल्य हो। एक जिवित दर्शन हो। सेवा र समर्पणको अविरल प्रवाह हो—जसले राष्ट्रको आत्मालाई सिञ्चन गर्छ।

    रतुवा र बक्राहा नदीका काखमा फैलिएको हरितभूमि—रतुवामाई। यहाँको माटोमा  धान मात्र उब्जिँदैन, उब्जिन्छ–संवेदना, सेवा, संस्कार र साँचो नेतृत्वको बीउ। डोरियाको एउटा चौर, जहाँ बिहानको घामले गहुँगोरो अनुहारमा सिन्दूरको आभा छरेको छ। छेउमै बक्राहा खोला, जसको चिसो पानी जीवनको कसी बनिरहेको छ, निरन्तर बगिरहेको छ—जसरी सेवा निरन्तर बग्नुपर्छ।

    बक्राहा खोला आज पनि उस्तै बगिरहेको छ, विगतका दिनहरू जस्तै, तर प्रत्येक बगाइमा नयाँ अर्थ बोकेर। त्यहाँको किनारमा बसेर तपस्या गर्दै आएका साधकहरूको प्रार्थना अझै लहरिँदै आउँछ—”सेवा नै धर्म हो।” किनारैको हरियो चौरमा चिप्लो ओसिलो माटो छ, त्यहीँ उभिएको छ रतुवामाई—प्रकृतिको काखमा अडिएको, संस्कृतिको गर्भमा फुलिरहेको एक बस्ती, एक चेतना।

    अग्लो धानबालीहरू हावामा हल्लिंदै थिए, मानौँ उनीहरू हाँसिरहेका थिए—त्यो हासोमा गुनासो थिएन,  स्वागत थियो। बालबालिकाले ढुंगामा पाउ जमाउँदै एक फुटबलको प्रतिक्षा गरिरहेका थिए। उनीहरूको आँखामा खुसीको झिल्को थियो, त्यो झिल्को जुन एक थान फुटबलले ल्याउन सक्छ। त्यो फुटबल, जुन  खेलको सामान होइन, सँगै हुर्किने बालपनको सपना हो। त्यो सहयोग डोरियाको झुर्कियामा पुर्‍याइयो—जहाँ रतुवामाईको एउटा नयाँ भविष्य दौडन चाहन्छ।

    उही बेला आकाशमा हल्का बादल देखिन्छ, जून जसरी समाजमा कहिलेकाहीँ शंका, भय वा निराशाको घुमौरो आउँछ। तर जब सूर्य ती बादलभित्रबाट आफ्नो सुनौलो किरण पठाउँछ, त्यसरी नै जब समाजमा सेवा र सद्भावको किरण फैलिन्छ, त्यो अँध्यारो भित्रैबाट उज्यालो फूट्न थाल्छ। आजको दिन त्यही उज्यालोको प्रारम्भ हो।

    सतसङ्ग कुटिमा तीन वटा पंखाहरू घुम्न थाले, घामले पोलेको चामल भिजेझैँ शान्ति फैलिन थाल्यो। त्यो शान्ति  वायुको होइन, आस्था र सद्भावको हो। मानौँ, ती पंखाहरूले धर्मको कथा फुकिरहेका छन्—पंखाहरू घुम्दैछन्, आशिष बटुल्दैछन्। प्रत्येक घुमाइसँगै ती पंखाले यज्ञको धुँवा उडाइरहेका छन्—जहाँ शब्द छैन,  अनुभूति छ।

    छेउमै सुनबर्सी महराज थान छ, जहाँबाट गहिरो घण्टाको ध्वनि आउँछ। त्यो ध्वनि  कानका लागि होइन, आत्माको निम्ति हो। ती ध्वनिहरू वायुमण्डलमा मिसिएर, नदी पारि बसेका वृद्धका आँखामा पवित्र आँसु ल्याउँछन्। ती आँसु भनेको शारीरिक पीडाको होइन, यो सेवा देखेर उठेको श्रद्धा हो—जुन श्रद्धाले राष्ट्र बनाउँछ।

    नदी किनारैको रूखमा बास बसेका चराहरू फ्याँफ्याँ उड्छन्, तिनीहरूलाई लाग्छ आज वातावरण केही फरक छ। हो, फरक छ—किनभने आजको दिन  सहयोगको गणना होइन, चेतनाको उत्सव हो।

    रतुवामाईका सबै सहयोगीय क्रियाकलापहरू एउटै दर्शनमा टेकेका छन्—धर्म भनेको  पूजा होइन, कर्म हो। र त्यो कर्म जब साँचो मन, निष्कलंक उद्देश्य र लोककल्याणको भावनाले निर्देशित हुन्छ, त्यो नै परमार्थ हुन्छ।

    आजको दिन त्यस बक्राहा किनारैबाट सुरु भयो—जहाँ बालबालिकाले ढुंगामा पाउ जमाउँदै एक फुटबलको प्रतिक्षा गरिरहेका थिए। उनीहरूको आँखामा खुसीको झिल्को थियो, त्यो झिल्को जुन एक थान फुटबलले ल्याउन सक्छ। त्यो फुटबल, जुन  खेलको सामान होइन, सँगै हुर्किने बालपनको सपना हो। त्यो सहयोग डोरियाको झुर्कियामा पुर्‍याइयो—जहाँ रतुवामाईको एउटा नयाँ भविष्य दौडन चाहन्छ।

    रतुवामाई-५ पश्चिम परेवाखोपिको भजन किर्तन टोलीले पाएको एउटा बाजाले आज संगीतको स्वरमार्ग थाल्यो। बाजा, जुन  आवाज होइन, श्रद्धा र सामूहिकताको प्रतिध्वनि हो। गीतहरू गुञ्जिए, ढोलकले ताल थाल्यो, घन्कनले रातको सन्नाटालाई तोड्यो। अनि लाग्यो, रतुवामाई अझै जीवित छ—साँस्कृतिक चेतनाले भरिएको।

    शान्तिपुरमा ठूला साइजका तीन वटा बत्ति बल्न थाले। घाम अस्ताउँदै थियो तर त्यो उज्यालो अस्ताउँदै थिएन। ती बत्तिहरूले अँध्यारो हटायो मात्र होइन, अज्ञानताको पर्दालाई च्यातिदिए। रातभर उज्यालो रहनेछ—शान्तिपुरको गल्लीहरूमा, ती बालकको मनमा जसले पुस्तक पढ्न थालेका छन्।

    गोविन्दपुरमा भाइहरूलाई दिइएको भलिबल नेटले खेलको सिमाना बनायो—र अनुशासनको रेखा कोर्‍यो। खेल भनेको  रमाइलो मात्र होइन, त्यो त राष्ट्र निर्माणको पाठशाला हो। एक टिमको सहयोग, परिश्रम र निष्पक्षता—त्यही त हो नेतृत्वको प्रारम्भिक अभ्यास।

    रतुवामाई पुस्तकालय अभियानलाई प्रदान गरिएका पुस्तकहरूले शून्य कोठामा शब्दको संसार बनाइदिए। ती पुस्तकहरू चुप छन्, तर ती पढ्ने आँखाहरूमा क्रान्तिको चिच्याहट भरिदिन्छन्। हरेक पन्ना स्वतन्त्रताको एक पाइला, हरेक अक्षर एक सम्भावनाको बीउ।

    र त्यही सम्भावनाको बीउ बोकेर, समाजसेवी बलबहादुरको पाइला गोविन्दपुर बजारको ऐतिहासिक दुर्गा मन्दिरतिर उन्मुख भयो। चैते दशैँको अवसर थियो, नवाह पाठको ध्वनि थियो, अनि त्यो ध्वनिमा मिसिएको थियो निःस्वार्थ योगदान। त्यो रकम  आर्थिक समर्थन होइन, त्यो त एक यज्ञको आहुति हो। पूजाको अक्षयकोषमा हालेको त्यो सहयोगले स्वाभिमानको अक्षर लेखेको छ।

    सूर्य अस्ताउँदै थियो, आकाश बादलले भरिएको थियो—गुलाबी, नीलो र सुनौलो रङहरूमा। बक्राहा खोला अझै बगिरहेको थियो, उसैगरी शब्दहरू बगिरहेका थिए—वृन्दावन झैँ रमाइरहेको रतुवामाईका टोलहरूमा। शान्तिपूर्ण मुस्कान सहितको सामाजिक जिम्मेवारी, परोपकार र लोकसेवाको बास्ना बगरभरि फैलिएको थियो।

    त्यही साँझ, जब रतुवामाई-१ र रतुवामाई-५ का मन्दिरहरूमा नयाँ पंखा र बाजाको आश्वासन गुञ्जियो, तब हावाको लहरसँगै तिनले चुपचाप प्रार्थना गरे—”हाम्रो आशा नटुटोस्, हाम्रो सेवा सदा निरन्तर चलिरहोस्।”

    “रबि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधमा जनताद्वारा सुरु गरिएको हस्ताक्षर अभियानमा एउटा बाजा पनि सहभागी भयो।”
    तर त्यो बाजा तालका लागि गएको थिएन—त्यो गयो प्रतिरोधका लागि।गयो, सत्यको पक्षमा उभिन।त्यो बाजाको नाद  ध्वनि थिएन—त्यो आवाज थियो– न्यायको, जागरणको, जन–चेतनाको।बाजा त्यस दिन सांगीतिक उपकरण थिएन,
    बरु, जनताको स्पन्दनको प्रतिनिधि थियो।जहाँ तालहरू र लयहरू आन्दोलन बने,
    र नादहरू क्रान्तिको भाष्य।त्यो बाजा, जसले घण्टाघरदेखि जनतासम्म पुग्ने आवाज बोकेको थियो,एक संकेत थियो—
    कि जब शब्दहरू थाक्छन्,तब नाद बोल्छ।

    रात पर्‍यो। धानबालीहरू चिसो हावामा हाँसिरहेका थिए। मानौँ उनीहरूले मानवताको सेवा र निःस्वार्थ समर्पणको कथा सुनिरहेका छन्। टाढा—सुनबर्सी महराज थानबाट घण्टाको मधुर ध्वनि आयो। त्यो ध्वनि आकाशलाई चिरेर बक्राहा खोला हुँदै पुस्तकालयसम्म पुग्यो, सत्सङ्ग कुटिसम्म पुग्यो।

    माटो चिसो थियो तर मन तातिएको थियो। सेवा गर्ने मन, हेर्ने होइन गरिरहने मन। बलबहादुरले त्यो बाटो देखाएका छन्—जहाँ हरेक थान पंखा धर्म हुन्छ, हरेक बाजा संस्कृति हुन्छ, हरेक बत्ति उज्यालोको दर्शन हुन्छ।

    रतुवामाई आज थकित थिएन, रतुवामाई आज मुस्कुराइरहेको थियो—आशा, श्रद्धा र सेवा भित्र। त्यस बक्राहा किनारमा, एकजना वृद्ध भजन गाइरहेका थिए:

    “जसको हृदयमा सेवा हुन्छ, त्यही साँचो देवता हो। जसले आँसु पुछ्दछ, त्यही मुक्तिको द्वार हो।”

    त्यस गीतसँगै रतुवामाई निदायो, सेवा र संस्कारको ओछ्यानमा। र भोलीपल्ट फेरि उठ्नेछ—नयाँ आशाका साथ, नयाँ सन्देशका साथ।

    रात पर्‍यो। धानबालीहरू चिसो हावामा हाँसिरहेका थिए। बादलहरू टुक्राटुक्रा भएर चन्द्रमाको उज्यालो पार गर्दै थिए। चराहरू निदाएका थिए, तर केही गुनगुनाहट अझै बाँकी थियो। घाँसको मुनी मुस्कुराइरहेका किराहरू पनि लाग्थ्यो—सेवाको कथासँग एकाकार भइरहेका छन्।

    बक्राहा खोला बगिरहेकै थियो—तर आज अलिक फरक थियो। पानीको प्रवाहमा सेवाको गन्ध मिसिएको थियो। हरेक छालमा परोपकारको माला झैँ गुथिएको थियो। छेउका धानका बाला हावामा झुमिरहेका थिए, ती बाला हाँसिरहेका थिए—सेवाको संगीतमा।

    चराहरू फेरि ब्यूँझन थाले, बिहानको किरण धानका खेतमा फैलन थाले। एउटा नयाँ बिहान, एउटा नयाँ आशा। बक्राहाको पानीमा सूर्यको किरण प्रतिबिम्बित भयो—त्यो उज्यालो,  प्रकृतिको होइन, मानवताको उज्यालो थियो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १६, शुक्रबार २१:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP