logo
  • २०८२ कार्तिक २८ | Fri, 14 Nov 2025
  • धनगढीमा नयाँ वडा कार्यालय भवनको शिलान्यास

    धनगढीमा नयाँ वडा कार्यालय भवनको शिलान्यास

    उमेश कुमार साह

    बोदेबरसाईन। सप्तरीको बोदे बर्साईन नगरपालिका–१ धनगढीमा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ। बुधबार नगरप्रमुख आतेश कुमार सिंहले नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो।

    नगरपालिकाले वडा नम्बर -१ को कार्यालय भवनचार कोठे भवन निर्माणका लागि आह्वान गरेको ठेक्का जय राजाजी बाबा कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि.लेल रू ४० लाख १९ हजार ७३० रुपियाँमा ठेक्का कबुल गरेको ईन्जिनियर दिनश ठाकुरले जानकारी दिनुभयो।

    सो शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रेणु कुमारी साह, प्रमुख प्रशासकीय गजेन्द्र नाथ शर्मा, योजना शाखा प्रमुख घनश्याम यादव, स्थानीयहरूको उपस्थिति रहेको थियो ।

    वडा नम्बर-१ का वडा अध्यक्ष रबिन्द्र साहका अनुसारका पुरानो वडा कार्यालयको भवन सांघ्रो रहेकोेले सेवा प्रवाह गर्न कठिनाइ भइरहेको थियो। उनले नयाँ भवन निर्माणपछि सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो । चालू आर्थिक वर्षभित्र कार्यालय भवन निर्माण हुने वडा अध्यक्ष साहले बताउनुभयो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण २१, बुधबार २२:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP