राजविराज सप्तरी – “फेरि भेटौंला” कार्यक्रम : प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई सप्तरीबासीद्वारा सम्मानपूर्ण बिदाई ।
सप्तरी जिल्लामा शान्ति–सुरक्षा, जनसेवा र विकासमा उल्लेखनीय योगदान पुर्याउँदै छोटो समयमा नै जिल्लावासीको मन जित्न सफल प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहाललाई जिल्लावासीले भव्य कार्यक्रममार्फत सम्मानपूर्वक बिदाई गरेका छन्।
शुक्रबार राजविराजमा सम्पन्न “फेरि भेटौंला कार्यक्रम” जिल्लाको विभिन्न संघ संस्था को आयोजनामा करिब तीन दर्जन संघ–संस्था, सम्पूर्ण राजनीतिक दल, जिल्ला समन्वय समिति, गाउँपालिका अध्यक्ष, नगर प्रमुख, पत्रकार महासंघ, भूमि आयोग सप्तरी युथ नेपाल लगायतका संस्थाहरूको सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागिता र अभिव्यक्ति कार्यक्रममा सहभागी वक्ताहरूले दाहालको कार्यकाललाई सप्तरीको शान्ति–सुरक्षा, सेवा प्रवाह र विकास–समृद्धिको सुदृढ आधारका रूपमा स्मरण गरे। उनीहरूले सीमित साधन–स्रोत हुँदाहुँदै पनि जनतामुखी प्रशासन सञ्चालन गरेर दाहालले अनुकरणीय उदाहरण प्रस्तुत गरेको बताए।
संयुक्त वक्तव्यमा भनिएको छ, “दाहाल सरले नामअनुसारै काम गरेर जिल्लाको विकास र शान्ति सुरक्षामा गहिरो छाप छोड्नुभएको छ। उहाँको जनताप्रतिको संवेदनशीलता र प्रशासनिक चुस्ताई सधैं सम्झिने छन ।”
कार्यकालका उपलब्धि नौ महिना २२ दिन दाहालको नेतृत्वमा सप्तरी जिल्लामा धेरै महत्त्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् :
अपराध नियन्त्रण, भिड व्यवस्थापन र सामाजिक सद्भाव कायम।
लागूऔषध नियन्त्रणमा कडा निगरानी र कानुनी कारबाही।
बाढी, आगलागी र विपद् व्यवस्थापनमा तत्काल उद्धार र राहत वितरण।नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र र प्रतिलिपि प्रमाणपत्र सहज उपलब्ध।मालपोत, नापी, यातायात, भन्सार कार्यालय र राजस्व संकलनमा पारदर्शिता।स्वास्थ्य चौकी र अस्पतालहरूको अनुगमन, जनस्वास्थ्य सेवामा सुधार।
जिल्लाको सीमा स्तम्भ निरीक्षण र भूमिसम्बन्धी विवाद समाधान पहल।राजबिराज औद्योगिक क्षेत्र विस्तारका लागि गृहकार्य।
राजबिराज–रुपनी–हनुमाननगर–कञ्चरुप–छिन्नमस्ता–पातो–कठौना सडक निर्माणमा सक्रियता।विद्यालय शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित।जनभावनाजनतामुखी नेतृत्व, इमान्दार कार्यशैली र तत्काल समस्या समाधान गर्ने क्षमता नै दाहालको लोकप्रियताको आधार बनेको सहभागीहरूले बताएका छन्। छोटो समयमै जिल्लावासीसँग घनिष्ठ सम्बन्ध कायम गर्दै उहाँ “नामअनुसारै काम गर्ने प्रमुख जिल्ला अधिकारी”का रूपमा चिनिनुभएको हो।
कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरूले दाहालले प्रशासनलाई जनतामैत्री बनाएको र सेवामा पारदर्शिता ल्याएको बताए।सम्मान र शुभकामना बिदाई समारोहमा सहभागीहरूले सप्तरीका लागि उहाँले पु¥याएको योगदानलाई सधैँ स्मरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ कार्यक्षेत्र दोलखा जिल्लामा अझ सफलता प्राप्त होस् भन्ने शुभकामना दिए।“दाहाल सरको सेवाभाव, निडर नेतृत्व र जनताप्रतिको संवेदनशीलता हाम्रो लागि सधैँ प्रेरणा हुनेछ। फेरि भेट्ने आशासहित उहाँलाई सम्मानपूर्वक बिदाई गरेका छौँ,” कार्यक्रमका आयोजक सप्तरी युथ नेपालका प्रतिनिधि मोहन यादव ले बताए।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको सरुवासँगै सप्तरीबासीले मिश्रित भावनाका साथ बिदाई गरेका छन् — कृतज्ञता र अभाव दुवै।
सप्तरीको माटोले उहाँलाई सदैव सम्झिरहनेछ, र नयाँ जिम्मेवारीमा अझ प्रगति होस् भन्ने सामूहिक शुभेच्छा व्यक्त गरिएको छ।
प्रतिक्रिया