सौंठा बहुमुखी क्याम्पसः
✍️ तोमनाथ उप्रेती 🌿
माटो बोल्छ मौनतामै शिक्षा गुञ्जिन्छ,
जहाँ पुस्तक होइन, आत्मा पढिन्छ
यहाँ शब्दहरू दीप हुन्, र विचारहरू अर्घ्य,
विद्यार्थीहरू स्वयं मन्त्र हुन् उज्यालोको यात्रामा।
यहाँ शिक्षा सीप होइन साधना हो,
रोजगारी होइन जागरणको भाषा हो
प्रत्येक श्वासमा प्रश्नहरू फुल्छन्
प्रत्येक मौनता उत्तर बन्छ।
यो क्याम्पस ईँटको देवल होइन
समाजको चैतन्य हो
दलित, जनजाति, मधेशी, महिला
सबै यहाँ एकै आकाशमा सूर्यजस्तै चम्कन्छन्।
दानवीरका हातमा थियो यसको आरम्भ
त्यागका आँसुले सिञ्चिएको इतिहास हो यो
जग्गामा माटो मात्र होइन, विश्वास मिसिएको छ
शिक्षाको गन्धमा गाउँको आत्मा बासिएको छ।
शिक्षकहरू यहाँ गुरु होइनन् ज्योति हुन्
विद्यार्थीहरू यहाँ अनुयायी होइनन् हुन्।
प्रत्येक कक्षामा फूट्छ आध्यात्मिक स्वर युग
“सीख” यहाँ कर्म हो, “ज्ञान” यहाँ चरित्र हो।
यो क्याम्पस समयसँग संवाद गर्ने तीर्थ हो
जहाँ भविष्यको बाटो मस्तिष्कले होइन, हृदयले खोज्छ
पुस्तकहरू पाना होइनन्, पखेटा हुन्
जसले विद्यार्थीलाई सीमाबाट अनन्ततिर उडाउँछन्।
सौंठा बहुमुखी क्याम्पस
तिमी शिक्षालय होइनौ,
तिमी चेतनाको बगैंचा हौ
जहाँ विचारहरू फूलझैं फुल्छन्
र राष्ट्रको सुगन्ध फैलिन्छ।
प्रतिक्रिया