बोदेबरसाईन। सप्तरी जिल्लाको बोदे बर्साईन नगरपालिका–५ निवासी पूर्व गाविस अध्यक्ष तथा समाजसेवी प्राध्यापक बृजेन्द्र कुमार सिंह यादवको निधन भएको छ।
स्व. शत्रुध्न प्रसाद सिंह यादवका जेठा छोरा प्रा. यादवको आइतबार राति करिब ९:०० बजे निजैको निवास बोदे बर्साईनमा निधन भएको हो।
स्व. यादव श्री चन्द्रा नमूना माध्यमिक विद्यालय बोदे बर्साईनका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा दाता परिवारका सदस्य हुनुहुन्थ्यो। साथै, उहाँ श्री महेन्द्र मोरङ आदर्श क्याम्पस, विराटनगरका अवकाश प्राप्त प्राध्यापक समेत हुनुहुन्थ्यो।
बोदे बर्साईन बजार व्यवस्थापन समितिका सल्लाहकार समेत रहेका प्रा. यादवले लामो समयसम्म शैक्षिक, सामाजिक र सामुदायिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै समाजमा एक आदर्श र सम्मानित व्यक्तित्वको रूपमा आफ्नो पहिचान स्थापित गर्नुभएको थियो।
उहाँको निधनमा बोदे बर्साईन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंहले शोक विज्ञप्ति निकाल्दै श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ।
परिवारका अनुसार अन्त्येष्टि आज हिन्दु परम्परा अनुसार छोरा मंजित सिंह यादवले दागबत्ती दिएको बताइएको छ।
भ्वाइस खबर अनलाइन परिवार स्व. प्राध्यापक बृजेन्द्र कुमार सिंह यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ।

प्रतिक्रिया