logo
  • २०८२ पुष १५ | Tue, 30 Dec 2025
  • जसपा नेपालको प्रदेशस्तरीय विरोधसभा आज बिराटनगरमा

    जसपा नेपालको प्रदेशस्तरीय विरोधसभा आज बिराटनगरमा

    विज्ञापन

    हालका निर्वाचन क्षेत्रहरू जनसंख्या र समान प्रतिनिधित्वका हिसाबले असन्तुलित भएको जसपा नेेपालको गुनासो रहेको छ। 

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोधसभा गर्दैछ । प्रदेशस्तरीय विरोधसभा कार्यक्रमअन्तर्गत आज विराटनगरमा पार्टीले विरोधसभा गर्न लागेको हो ।

    पुस १४ गते मधेस प्रदेशको जनकपुरमा, १५ गते वीरगञ्जमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोधसभाको आयोजना गर्न लागिएको हो ।

    विरोधसभालाई पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

    संविधान संशोधन, निर्वाचन क्षेत्र पुर्निनिर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्थालगायत २८ बुँदे विभिन्न माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोधसभा गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ पुष १२, शनिबार १०:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP