logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • बलान बिहुल गाउँपालिकाका निवर्तमान अध्यक्ष दयानन्द गोइत रास्वपामा प्रवेश

    बलान बिहुल गाउँपालिकाका निवर्तमान अध्यक्ष दयानन्द गोइत रास्वपामा प्रवेश

    राजविराज -.सप्तरीको बलान बिहुल गाउँपालिकाका निवर्तमान अध्यक्ष दयानन्द गोइत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

    बलान बिहुल गाउँपालिकाका जनमानस, नेता तथा कार्यकर्ताहरूको इच्छा र भावनालाई आत्मसाथ गर्दै समृद्धि, उन्नति, प्रगति र पुस्तान्तरणीय परिवर्तनको नीति तथा सिद्धान्त बोकेको पार्टी रास्वपामा गोइत प्रवेश गरेका हुन्।

    रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्ष डि.पी. आर्याल, महामन्त्री कविन्द्र बर्लाकोटी, संगठन विभाग सचिव शंकर श्रेष्ठ तथा विदेश विभाग सचिव पदम पन्थीको उपस्थितिमा गोइतलाई पार्टीमा स्वागत गरिएको छ ।

    गोइत २०७४ सालको स्थानीय तह निर्वाचनमा संघीय मधेसी फोरमबाट बलान बिहुल गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए। पार्टी प्रवेशपछि उनले नयाँ राजनीतिक यात्रामार्फत जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ पुष २५, शुक्रबार २२:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP