logo
  • २०८२ पुष २९ | Tue, 13 Jan 2026
  • बोदेबरसाईन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

    बोदेबरसाईन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

     

    श्री चन्द्रा नमुना माध्यमिक विद्यालडले १३ स्वर्ण, ११ रजत र ४ कास्य उपाधि जित्न सफल।

    बोदेबरसाईन। सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर-३ गाैरा रनको खेलमैदानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ सम्पन्न भएको छ।

    स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ श्री इस्वरी हिया सुरैत जिलेबी जनता माध्यमिक बिधालयको समन्वयमा शिक्षा, युवा तथा खेलकुद विकास शाखा बोदेबरसाईन नगरपालिकाको आयोजनामा जारी पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १३ स्वर्ण, ११ रजत र ४ कास्य सहित श्री चन्द्रा नमुना मावि विजय भएको हो।

    तस्बिर: भ्वाइस खबर

    यस्तै उपविजेता श्री इस्वरी हिया सुरैत जिलेबी जनता माध्यमिक बिधालयले १२ स्वर्ण, १० रजत र ५ कास्य पदक जितेको छ। भने तेस्रो स्थानमा रहेको श्री ५ महेन्द्र चुन्नी माध्यमिक बिधालय मानराजाले ४ स्वर्ण, ३ रजत र १५ कास्य पदक हात पारेको छ।

    बिहिवारदेखि सुरु भएको प्रतियोगितामा नगरपालिकाको ३० वटै समुदाय विद्यालयले सहभागिता जनाएका थिए।

    प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयले रनिङ शिल्ड, कप, मेडल र प्रमाणपत्र सहित क्रमश नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ।

    उक्त प्रतियोगिताको सम्मान कार्यक्रमका प्रमुख अतिथि बोदेबरसाईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले
    विजेता टिमहरूलाई पुरस्कार वितरण गरेको थियो।

    कार्यक्रममा विद्यार्थीहरूले मार्च पास गरी प्रमुख अतिथि तथा अतिथहरूलाई स्वागत गर्नु भएको थियो।

    कार्यक्रममा नगर उपप्रमुख रेणु कुमारी साह , नगर शिक्षा अधिकृत रामसागर यादव,बोदे बर्साईन नगरपालिकाका वडा नम्बर-३ का वडा अध्यक्ष शिव नारायण यादव, खेलप्रतियोगितमा सहभागी विद्यालयका प्रधानाध्यापकहरु तथा खेलप्रेमीको सहभागीता रहेका थियो ।

    प्रतियोगिता २५, २६ ,२७ र २८ गते गरि चार दिने आयोजना भएको शिक्षा , युवा तथा खेलकुद शाखा बोदेबरसाईनले आयोजना गरेको थियो ।

    तस्बिर: भ्वाइस खबर

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ पुष २८, सोमबार २०:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP