लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन। अगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट सप्तरी क्षेत्र नम्बर-४ मा ईन्जिनियर मि. अशोक कुमार साह उम्मेदवार हुने सम्भावना बढ्दै गइरहेको छ ।गगन थापाले नेपाली काँग्रसको अधिकारिकता पाए पछि
साह उम्मेदवार हुने निश्चित जस्तै भएको छ ।

विद्यार्थी राजनीति देखि कांग्रेसको मूलधारको राजनीति यात्रा
कांग्रेसको विद्यार्थी राजनितीवाट मूलधारको राजनीतिमा आएका सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर-५ निवासी मि. अशोक कुमार साह त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, पोखरामा अध्ययनरत रहँदा उहाँले विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।
उनी २०५९ सालमा क्याम्पस इकाई समिति सचिवको जिम्मेवारी सम्हाल्नुभएका उहाँ २०६० सालमा नेपाल विद्यार्थी संघको सभापति चयन हुनुभयो।
त्यसैगरी २०६५ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.) को सभापति पदमा निर्वाचित भई विद्यार्थी हित, शैक्षिक सुधार तथा क्याम्पस विकासका सवालमा उल्लेखनीय योगदान पुर्याउनु भएको थियो।
हाल उहाँ नेपाल तरुण दलका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदै पार्टी संगठन सुदृढीकरण र लोकतान्त्रिक अभ्यासको प्रवर्द्धनमा सक्रिय रही नेपाली कांग्रेसको मूलधारको राजनीतिमा सक्रिय युवाको रूपमा चिरपरिचित रहेको छ।
विसं.२०७९ सालको आम निर्वाचनमा मधेस प्रदेश सभा सदस्यका लागि पार्टीले सप्तरी ४(ख) बाट सिफारिस भएको थियो। तर त्यतिबेला पार्टीले अन्तिम समयमा आएर टिकट दिएनन् ।
विद्यार्थी जीवनमै पोखराबाट राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँ २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा सक्रिय सहभागी हुनुभयो। आन्दोलनका क्रममा जेल यातना भोग्नुपरेको र तत्कालीन विद्यार्थी राजनीतिमा माओवादी तथा वाईसीएल (YCL) बाट पटक–पटक भएका सांघातिक आक्रमणको शिकारसमेत हुनुभएको थियो।
यस्ता चुनौतीका बाबजुद पनि उहाँ सामाजिक सेवा, जनहित र लोकतान्त्रिक मूल्य–मान्यताका पक्षमा निरन्तर क्रियाशील रहँदै आएको राजनीतिक वृत्तको भनाइ छ।
नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर-४ ले मि. अशोक साहसहित ५ जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको छ।
प्रतिक्रिया