logo
  • २०८२ माघ २८ | Wed, 11 Feb 2026
  • जसपा नेता बालकिशोर यादव रास्वपामा प्रवेश

    जसपा नेता बालकिशोर यादव रास्वपामा प्रवेश

    बोदेबरसाईन । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा अधिवक्ता बालकिशोर यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

    मंगलबार बोदेबरसाईनस्थित रास्वपाको पार्टी कार्यालय ‘घण्टी घर’ मा आयोजित कार्यक्रममा यादवसहित करिब दुई सय जनाले पार्टी प्रवेश गरेका हुन्। उनीहरूलाई रास्वपा सप्तरी क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा उम्मेदवार सिताराम साह तथा जेन्जी अगुवा तथा रास्वपाका केन्द्रीय सदस्य पुरूषाेत्तम यादवले फूलमाला र अबिर लगाएर स्वागत गरे।

    यादव २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर–४ बाट जसपाका उम्मेदवार थिए। सो निर्वाचनमा नेपाली कांग्रेसका तेजुलाल चौधरी २३ हजार ४ सय ९१ मत ल्याएर विजयी भएका थिए भने यादवले १७ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए।
    कार्यक्रममा राष्ट्रिय एकता पार्टीबाट दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार रहेका कृष्णनन्दन यादव, मधेसी निजामती कर्मचारी मञ्चका पूर्व उपाध्यक्ष अमरेन्द्र यादव तथा बोदेबरसाईन–१ का असर्फी यादवलगायतले पनि रास्वपामा प्रवेश गरेका छन्।

    बोदेबरसाईन नगरपालिका वडा-५ निवासी यादव रास्वपा पार्टी प्रवेश गरेसंगै जसपालाई चुनावकै मूखमा ठुलो झटका स्थानीय बुझाइ रहेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    3
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ २७, मंगलवार २२:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP