लोकेन्द्र प्रसाद यादव
सप्तरीको दुई स्थानीयतहले दिनाभद्री जन्मोत्सवका लागि स्थानीय विदा दिएकाहुन् ।
जिल्लाको बोदेबरसाईन र खडक नगरपालिकाले बुधबार स्थानीय विदा दिएकाे छ।
बोदेबरसाईन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंहले जारीको सूचनामा भनिएको छ, दिनाभद्री जन्मोत्सवको अवशरमा स्थानीय विदा भएकोले अत्यावश्यक सेवा बाहेक यस नगरपालिका अन्तर्गतका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द रहने जनाएको छ ।
यस्तै खडक नगरपालिकाका प्रशासन शाखा प्रमुख रमाकान्त चौधरीले बुधबार दिनाभद्री जन्म महोत्सवको उपलक्ष्यमा स्थानीय विदा दिने निर्णय भएको हुदाँ सो दिन नगरपालिका तथा अन्तर्गतका सम्पुर्ण सरकारी तथा सार्वजनिक कार्यालयहरु बन्द रहने जनाएको छ ।
स्थानीय मुसहर समुदायहरू उल्लासका साथ दिनाभद्री जन्मोत्सव मनाउने गरेको छ। जिल्लकै जोगिया जाँजरमा दिनाभद्रीको जन्म भएको मुसहर समुदाय विश्वास रहेको छ । र दिनाभद्री (कूल देवता) रूपमा पुजित रहेका छन् ।
प्रतिक्रिया