हाइकुहरू
तोमनाथ उप्रेती
१. भीड चुपचाप छ
मतपत्रले बोलेको छ
संसद सुनसान।
२. मौन भाषणमा छ
जनताको छाया बढ्यो
सत्ताको हावा।
३. सडकमा गीत बज्यो
अधिकारको आवाज उठ्यो
राजनीति हाँस्छ।
४. युवा उदायो
चुपचाप संघर्ष गर्दै
धेरै मतले जित।
५. जेन–जी आन्दोलन
सन्देश मतपत्रमा छ
सिंहासन काँप्छ।
प्रतिक्रिया