logo
  • २०८३ जेष्ठ १२ | Tue, 26 May 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

    १.
    अहंको आगो
    चेतनामा सल्किँदा
    विवेक झर्छ।

    २.
    म–मेरो घेरा
    आत्मा कैदमा पर्छ
    प्रकाश हराउँछ।

    ३.
    घमण्ड उठ्छ
    हृदयको आकाशमा
    बादल गाढा।

    ४.
    विनम्रता फुल
    अहंको खरानीमा
    जीवन मुस्कुराउँछ।

    ५.
    राजा ढलेका
    इतिहासको धुलोमा
    अहंको भार।

    ६.
    रावणको छाया
    विद्या पनि हरायो
    घमण्ड डुब्यो।

    ७.
    दर्पण फुट्छ
    सत्यको छवि टुक्रिन्छ
    भ्रम बाँच्छ।

    ८.
    आलोचना आगो
    अहंकारले बुझ्दैन
    मन कठोर।

    ९.
    सेवा हरायो
    मात्र पदको पूजा
    आत्मा खाली।

    १०.
    लोभ र डरले
    चेतनालाई बाँध्छन्
    शान्ति टाढा।

    ११.
    नम्र मन खोल्छ
    विवेकको झ्यालबाट
    उज्यालो झर्छ।

    १२.
    हामी बन्ने क्षण
    म को मृत्यु हुन्छ त्यहाँ
    प्रेम जन्मन्छ।

    १३.
    समाज सुके
    अहंको मरुभूमिमा
    करुणा हरायो।

    १४.
    आत्मनिरीक्षण
    अन्धकार चिर्ने दीप
    सत्य देखिन्छ।

    १५.
    भष्मको माथि
    नयाँ चेतना उठ्छ
    मानव जाग्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ ३, आईतवार २१:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP