हाइकुहरू
तोमनाथ उप्रेती
१.
तेल चुलियो
युद्धको छायाँ बढ्यो
विश्व डगमग।
२.
हर्मुज अशान्त
लहरिमा तनाव छ
जहाज अड्किए।
३.
चार वर्षपछि
मूल्यले छोयो शिखर
बजार तात्यो।
४.
नाकाबन्दी कडा
आपूर्ति डगमगियो
डर फैलियो।
५.
जहाज फर्किए
समुद्रमा रोकावट
मार्ग थुनियो।
६.
सैन्य चहलपहल
आकाशमा गर्जन
शान्ति हरायो।
७.
अमेरिकी चाल
रणनीति फेरियो
दबाब बढ्यो।
८.
जर्मनी मौन
युद्धमा हात तान्यो
सम्बन्ध चिसो।
९.
कूटनीतिक स्वर
वार्तामा खोज शान्ति
तर द्वन्द्व बलियो।
१०.
रुसको चेतावनी
युद्ध नगर्न आग्रह
छाया गहिरो।
११.
फोन वार्तामा
तनाव केही हल्का
तर डर बाँकी।
१२.
खर्च बढ्दो छ
अर्बौं डलर जल्यो
युद्ध महँगो।
१३.
हथियार वर्षा
आकाश चिच्यायो
धर्ती रोइरहे।
१४.
दीर्घ नाकाबन्दी
रणनीति कडा भयो
समय तन्कियो।
१५.
आणविक डर
निर्णय चाँडै गर
सन्देश कडा।
१६.
ऊर्जा कम्पनी
मूल्यबाट फाइदा
नाफा चुलियो।
१७.
रिफाइनरी फेरि
धुवाँसँग उठ्यो शक्ति
उत्पादन बढ्यो।
१८.
लेबनान जल्छ
जीवन फेरि हरायो
आँसु बग्यो।
१९.
हिजबुल्लाहसँग
दक्षिणमा भिडन्त
धर्ती काँप्यो।
२०.
विश्व सास रोक
युद्धको अनिश्चितता
भोलि अँध्यारो ।
प्रतिक्रिया