logo
  • २०८३ कार्तिक ५ | Wed, 21 Oct 2026
  • बदगामाका १४ अग्निपीडित परिवारलाई रेडक्रसको राहत

    बदगामाका १४ अग्निपीडित परिवारलाई रेडक्रसको राहत

    राजविराज। नेपाल रेडक्रस सोसाइटी सप्तरी शाखाले सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामास्थित पासवान बस्तीका आगलागीपीडित १४ परिवारलाई राहत सामग्री वितरण गरेको छ।
    गत असोज २८ गते बुधबार राति करिब १० बजे विद्युत् तार सर्ट भएर आगलागी हुँदा पासवान बस्तीका १४ परिवार प्रभावित भएका थिए। आगलागीबाट पीडित परिवारको खाद्यान्न, लत्ताकपडा, नगद तथा घरायसी सामग्री जलेर नष्ट भएको थियो।
    आगलागीबाट प्रभावित परिवारलाई आइतबार त्रिपाल, कम्बल, डोरी, म्याट्रेस, बोरा, प्लेन कपडा, टेरीकटन कपडा र धोतीलगायतका राहत सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी सप्तरी शाखाका सहलेखापाल मन्टु देवले जानकारी दिए।
    राहत वितरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य खगेन्द्र कर्णको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा कञ्चनरूप नगरपालिकाका नगरप्रमुख ललनप्रसाद गुप्ता, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख राजन रायमाझी, रेडक्रस सोसाइटी सर्वोदय उपशाखाका अध्यक्ष राजेश गुप्तालगायत जनप्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी तथा स्थानीयको सहभागिता थियो।
    आगलागीबाट घर र दैनिक उपभोग्य सामग्री गुमाएका पीडित परिवारले राहत सामग्रीसँगै स्थायी बसोबासको व्यवस्था मिलाइदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनीहरूले सुरक्षित आवास र दैनिक जीवनयापन सहज बनाउन आवश्यक सहयोग उपलब्ध गराउनसमेत माग गरेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ कार्तिक २, आईतवार २२:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP