logo
  • २०८३ कार्तिक २१ | Sat, 07 Nov 2026
  • ‎अदालतले अजय बर्तौलाको सरुवाविरुद्धको अन्तरकालीन आदेशलाई निरन्तरता दियो, खडक नगरपालिकाको सेवा प्रभावित

    ‎अदालतले अजय बर्तौलाको सरुवाविरुद्धको अन्तरकालीन आदेशलाई निरन्तरता दियो, खडक नगरपालिकाको सेवा प्रभावित

    लोकेन्द्र प्रसाद यादव
    ‎बोदेबरसाईन । प्रशासकीय अदालतले काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजय बर्तौलाको सरुवाविरुद्ध जारी गरेको अन्तरकालीन आदेशलाई निरन्तरता दिएको छ।
    ‎
    ‎ अदालतको आदेशसँगै सप्तरीको खडक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहँदा प्रशासनिक तथा वित्तीय कामकाज प्रभावित भएको छ।
    ‎
    ‎भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज ५ गते बर्तौलालाई बुढानीलकण्ठ नगरपालिकाबाट खडक नगरपालिकामा सरुवा गरेको थियो। आफ्नो कार्यअवधि पूरा नहुँदै प्रचलित कानुनी व्यवस्थाविपरीत सरुवा गरिएको दाबी गर्दै बर्तौला सरुवा बदरको मागसहित गत असोज १४ गते न्यायिक उपचारका लागि प्रशासकीय अदालत पुगेका थिए।
    ‎
    ‎उनको निवेदनमाथि सुनुवाइ गर्दै अदालतका अध्यक्ष डा. टेकबहादुर घिमिरे र सदस्य नवलकिशोर यादवको इजलासले असोज १५ गते अन्तरकालीन आदेश जारी गरेको थियो।
    ‎
    ‎आज प्रशासकीय अदालतका सदस्य नवलकिशोर यादवको इजलासले उक्त आदेशलाई निरन्तरता दिएको हो।
    ‎बर्तौलाको सरुवा विवाद अदालतमा विचाराधीन रहँदा खडक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभाव कायमै छ।
    प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्ता वितरण, विकास निर्माणका योजना कार्यान्वयन तथा आर्थिक कारोबारलगायतका काम प्रभावित भएका छन्।
    ‎
    ‎खडक नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरीका अनुसार मन्त्रालयले २०८३ असोज ५ गते स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम बर्तौलालाई खडक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाउने निर्णय गरेको थियो। तर, निर्णय भएको ४५ दिनभन्दा बढी समय बितिसक्दा पनि उनी कार्यालयमा हाजिर भएका छैनन्।
    ‎
    ‎मन्त्रालयले वैकल्पिक प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नगर्दा नगरपालिकाको नियमित सेवा प्रवाह प्रभावित भएको नगर प्रमुख चौधरीको भनाइ छ।
    ‎
    ‎‎यसअघि खडक नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत उपसचिव हरेन्द्र श्रेष्ठको पनि मन्त्रालयले असोज ५ गते नै सरुवा गरेको थियो। श्रेष्ठ असोज १४ गते रमाना लिएर अन्यत्र गएपछि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहँदै आएको छ।
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1



    भ्वाइस खबर    
  • २०८३ कार्तिक २०, शुक्रबार २०:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP